३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनले इरानी स्कुल आक्रमण पीडितलाई दुई लाख डलर सहयोग दिने



अ+ अ-

काठमाडाैँ । चीनले मध्यपूर्व युद्धको सुरुआतमा इरानको एक विद्यालयमा भएको घातक क्षेप्यास्त्र आक्रमणमा मारिएका विद्यार्थीका अभिभावकलाई दुई लाख डलर मानवीय सहयोग दिने जनाएको छ ।

इरानले अमेरिका र इजरायलमाथि युद्धको पहिलो दिन दक्षिण इरानस्थित उक्त विद्यालयमा आक्रमण गरेको आरोप लगाएको छ । स्थानीय सञ्चार माध्यमका अनुसार आक्रमणमा मारिएका कम्तीमा १६५ जनाको अन्त्येष्टि गरिएको थियो । घटनाको स्वतन्त्र पुष्टि भने उपलब्ध छैन र अमेरिकी सेनाले अनुसन्धान जारी राखेको छ ।

बेइजिङको विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले विद्यालय र बालबालिकामाथि हुने आक्रमण अन्तर्राष्ट्रिय मानवीय कानूनको ‘गम्भीर उल्लङ्घन’ भएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो मानव विवेक र नैतिकताको आधारलाई उल्लङ्घन गर्ने कार्य हो । चीन यस कठिन समयमा इरानी जनतालाई सहयोग गर्न तयार छ ।”

चिनियाँ रेड क्रस सोसाइटीले उक्त सहयोग इरानी रेड क्रिसेन्टमार्फत मृत विद्यार्थीका अभिभावकलाई ‘समवेदना र क्षतिपूर्ति’ स्वरूप उपलब्ध गराउनेछ ।

न्युयोर्क टाइम्सले अमेरिकी सैन्य अनुसन्धानमा अमेरिकी टोमहाक मिसाइलले गल्तीले विद्यालयमा प्रहार गरेको रिपोर्ट प्रकाशित गरेको छ । इजरायलले यस आक्रमणसँग कुनै सम्बन्ध नरहेको बताएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरुमा इरान आफैँ जिम्मेवार हुन सक्ने सुझाव दिनुभएको थियो भने पछि ‘म अनुसन्धानले देखाउने नतिजा अनुसार प्रतिक्रिया दिनेछु’ भन्दै थप स्पष्टता दिएका थिए ।