११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोडवे निर्माणसम्बन्धी औपचारिक सम्झौतापत्रमा हस्ताक्षर



अ+ अ-

काठमाडाैँ । कोशी प्रदेश लगानी प्राधिकरण र काठमाडौँ पोडवे कम्पनी प्राइभेट लिमिटेडबीच पोडवे निर्माणसम्बन्धी औपचारिक सम्झौतापत्रमा आज हस्ताक्षर भएको छ ।

नेपालमा आधुनिक र प्रविधियुक्त सार्वजनिक यातायात पोडवे निर्माणसम्बन्धी सम्झौतापत्रमा कम्पनीका उपाध्यक्ष निल भट्टराई र प्राधिकरणका कार्यकारी प्रमुख सरोज कोइरालाले हस्ताक्षर गर्नुभयो ।

निजी क्षेत्रको लगानीमा निर्माण हुने उक्त परियोजनाअन्तर्गत पहिलो चरणमा रानी भन्सारदेखि विराटनगर बसपार्कसम्मको सात किलोमिटर दूरीमा नमूना पोडवे निर्माण गरिनेछ । दोस्रो चरणमा पर्यटकीयस्थल भेडेटारसम्म जोड्ने दीर्घकालीन लक्ष्य राखिएको छ ।

राष्ट्रिय यातायात नीति तथा सम्बन्धित कानुनी संरचनाभित्र रहेर निर्माण हुने उक्त परियोजना उच्च प्रविधिको एआई र अत्याधुनिक टेक्नोलोजीमा आधारित हुनेछ । सडकको सवारी चाप र प्रदूषणलाई शून्यमा झार्दै सुरक्षित, द्रुत र वातावरणमैत्री यात्रा गराउन त्यो प्रविधि र सेवा प्रभावकारी मानिने विज्ञहरूको भनाइ छ ।

नेपालमा निजी लगानीमा त्यति ठूलो र अत्याधुनिक सार्वजनिक यातायातको पूर्वाधार बन्नु आफैँमा ठूलो सम्भावना र हर्षको विषय भएको उपाध्यक्ष भट्टराईको भनाइ छ । उक्त सम्झौतासँगै नेपालले पनि विश्वस्तरीय आधुनिक यातायात प्रविधिलाई भित्र्याउँदै सार्वजनिक यातायातको सञ्जाल विस्तारमा एक नयाँ अध्यायको सुरुआत गरेको छ ।