४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि

पोखरामा राष्ट्रिय टेनिस प्रतियोगिता पुस १० देखि

पोखरामा राष्ट्रिय टेनिस प्रतियोगिता पुस १० देखि
अ+ अ-

कास्की । पर्यटकीय शहर पोखरामा आगामी पुस १० देखि १४ गतेसम्म ‘पोखरा ओपन तथा भेट्रान्स’ राष्ट्रिय टेनिस प्रतियोगिता हुने भएको छ । कास्की जिल्ला टेनिस सङ्घको आयोजना तथा माछापुच्छ्रे« बैंकको मुख्य प्रायोजनमा पोखरा रङ्गशालास्थित टेनिस कोर्टमा १७ औँ संस्करणको प्रतियोगिता गर्न लागिएको हो । अघिल्लो संस्करणसम्म भेट्रान्समात्रै रहँदै आएकोमा यस पटकदेखि ‘ओपन’ गरिने र प्रतियोगिताको आवश्यक सम्पूर्ण तयारी पूरा भएको सङ्घका अध्यक्ष दोर्जे लामाले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

प्रतियोगितामा पुरुष व्यक्तिगत तथा डबल्स, महिला व्यक्तिगत तथा डबल्स तथा ३५, ४५, ५५ र ६५ वर्षमाथि पुरुष व्यक्तिगत र डबल्स गरी १२ इभेण्टमा प्रतिस्पर्धा हुने सङ्घले जनाएको छ । प्रतियोगिताका लागि बुटवल, काठमाडौँलगायतका जिल्ला तथा १३ औँ सागमा पुरुष टिम इभेन्टका खेलाडी तथा महिलातर्फका केही खेलाडी सहभागी हुने बताइन्छ । व्यक्तिगततर्फ ९८ तथा डबल्सतर्फ ४६ गरी १४४ खेलाडीको सहभागिता रहने लामाले जानकारी दिनुभयो ।

खुला व्यक्तिगततर्फ महिला तथा पुरुषको विजेताले रु ५० हजार, उपविजेताले रु २५ हजार तथा सेमिफाइनल प्रवेश गर्नेले रु १०÷१० हजार पुरस्कार प्राप्त गर्नेछन् ।

त्यसैगरी महिला पुरुष डबल्सतर्फ विजेताले रु २० हजार, उपविजेताले रु १० हजार तथा सेमिफाइन लिष्टले रु पाँच÷पाँच हजारसहित ट्रफी पुरस्कार प्राप्त गर्नेछन् । ३५ वर्षमाथिको एकल विजेताले रु ५० हजार तथा उपविजेताले रु २५ हजारसहित ट्रफी पुरस्कार प्राप्त गर्नेछन् भने ३५ वर्षमाथिको डबल्स विजेता खेलाडीले रु १५ हजार तथा उपविजेता खेलाडीले रु आठ हजारसहित ट्रफी पुरस्कार प्राप्त गर्ने प्रतियोगिता संयोजक कुमार अधिकारीले जानकारी दिनुभयो ।

त्यसैगरी ४५ वर्षमाथि एकल विजेताले रु २० हजार तथा उपविजेताले रु १० हजारसहित ट्रफी पुरस्कार प्राप्त गर्नेछन् । सोही उमेर समूहमा डबल्स विजेताले रु १५ हजार र उपविजेताले रु आठ हजार प्राप्त गर्ने बताइन्छ । ५५ वर्ष माथिको एकलतर्फ विजेतालाई रु २० हजार तथा उपविजेतालाई रु १० हजार र ट्रफी पाउने छन् । त्यसैगरी ६५ वर्षमाथिको एकलतर्फ विजेता र उपविजेतालाई ट्रफीद्वारा पुरस्कृत गरिने सङ्घले जनाएको छ ।