१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सङ्घीय संसद्‌का दुवै सदनको चालु अधिवेशन असोज १६ गते मध्यरातिदेखि अन्त्य News Polar महाधिवेशन निर्वाचनपछि पार्टीविरोधी गतिविधि गर्नेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी News Polar नेपाली रुपैयाँका लागि छुट्टै मुद्रा चिह्न बनाउन विपिन आचार्यको माग News Polar सङ्घीय निजामती सेवा विधेयक संसद्‌मा दर्ता News Polar संघीय निजामती सेवा विधेयक संसद्मा, प्रशासन सुधारको बलियो आधार बन्ने मन्त्रीको विश्वास News Polar सभामुखले बोल्न समय दिएपछि सांसद राईको छोटो जवाफ– ‘कुरा त्यही हो हजुर’ News Polar स्वदेशमै उत्पादित रासायनिक मलको खरिद सुनिश्चित गर्न अध्ययन कार्यदल गठन News Polar ‘आफ्नै खेत बगेको भन्दा वडा भवन ढलेकामा दुःख लागेको छ ’ News Polar पुस्तौँको अनुभव अब राष्ट्रको सम्पत्ति : ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ बनाउँदै महिला, बालबालिका मन्त्रालय News Polar ट्रम्पद्वारा भारतीय पाइलटको प्रशंसा News Polar ज्येष्ठ नागरिकलाई ज्ञान र अनुभवको सामाजिक सम्पदाका रूपमा सम्मान गर्नुपर्छ : मन्त्री बादी News Polar जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार लागुऔषध मुद्दाका प्रतिवादी पुनः पक्राउ News Polar दसैँअघि नै बर्दिया–कैलालीका उखु किसानले बक्यौता पाउने News Polar सुनसरीमा ५६४ किलो गाँजासहित सुमो बरामद, चालक फरार News Polar अडियो प्रकरणमा कृषिमन्त्री चौधरी : ‘व्यक्तिगत र पारिवारिक कुनै सम्बन्ध छैन’ News Polar ‘आफ्नै खेत बगेको भन्दा वडा भवन ढलेकामा दुःख लागेको छ ’ News Polar सह–पाइलटको आक्रमणपछि भारतीय पाइलटको प्रशंसा News Polar उपभोक्ताका रोजाइमा साल्ट ट्रेडिङद्वारा सञ्चालित सुपथ मूल्य पसल News Polar एसियाली खेलकुद : जुडोमा पुनम पराजित News Polar स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह

जग्गा नापजाँच एवं अभिलेखीकरण शुरु

जग्गा नापजाँच एवं अभिलेखीकरण शुरु
अ अ+ अ-

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकामा अव्यवस्थित बसोवास व्यवस्थापन तथा सार्वजनिक जग्गा संरक्षणका लागि जग्गा नापजाँच एवं अभिलेखीकरण आजदेखि शुरु भएको छ ।

बुटवल उपमहानगरपालिका–११ स्थित देवीनगरमा नगर प्रमुख शिवराज सुवेदीले उपकरणबाट जग्गा हेरेर जग्गा नापजाँच एवं अभिलेखीकरणको शुभारम्भ गर्नुभयो । लालपुर्जा भएको जग्गालाई आधार मानेर उक्त वडाको ८० बिघा जग्गाको नापजाँच शुरु हुने बताइएको छ । नगरप्रमुख सुवेदीले सबै वडामा नापजाँच प्रक्रिया अघि बढाइने जानकारी दिँदै घरधुरीको लगत सङ्कलनपछि जग्गाको यकिन सर्वे जरुरी रहेको बताउनुभयो ।

उहाँले प्रदेशसभाबाट भूमि व्यवस्थापन ऐन बनेपछि गठन हुने आयोगले भूमिसम्बन्धी समस्या समाधान गर्ने उल्लेख गर्दै कार्यदल गठन गरेर अव्यवस्थित बसोवास व्यवस्थापन तथा सार्वजनिक जग्गा संरक्षणका लागि काम शुरु गरिएको जानकारी दिनुभयो ।

उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले विकासका आयामलाई बढाउन उपमहानगरपालिकाभित्रका विभिन्न प्रकृतिका जग्गाको व्यवस्थापन गरिने बताउनुभयो । उहाँले उपमहानगरपालिकाभित्रका गाउँ ब्लक, ८ नं लगायतका जग्गाको पहिचान गरी करिब १७ हजार घरधुरीको जग्गा अहिले नापजाँच हुन लागेको जानकारी दिनुभयो । अव्यवस्थित बसोवास व्यवस्थापन तथा सार्वजनिक जग्गा संरक्षणका लागि जग्गा नापजाँच एवं अभिलेखीकरण गर्न क्रिएटिभ एजुकेशन एण्ड कन्ट्रक्स प्रालिलाई रु ११ लाख ९२ हजारमा ठेक्का दिइएको छ ।

जग्गा नापजाँच एवं अभिलेखीकरण कार्यदलका संयोजक एवं ११ नं वडाका अध्यक्ष रामकुमार क्षेत्रीले कार्यविधि र कानून बनाउँदा व्यवधान खडा भएको उल्लेख गर्दै यस्तो नापजाँच प्रक्रियाले शहरको सुन्दरता बढाउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । सो क्रिएटिभ एजुकेशन एण्ड कन्ट्रक्स प्रालिले चैत मसान्तसम्ममा जग्गा नापजाँचको प्रतिवेदन बुटवल उपमहानगरपालिकालाई बुझाउने छ । यस वडामा सबैभन्दा बढी सार्वजनिक जग्गा र अव्यवस्थित बसोवास रहेको पाइएको छ ।