१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सङ्घीय संसद्‌का दुवै सदनको चालु अधिवेशन असोज १६ गते मध्यरातिदेखि अन्त्य News Polar महाधिवेशन निर्वाचनपछि पार्टीविरोधी गतिविधि गर्नेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी News Polar नेपाली रुपैयाँका लागि छुट्टै मुद्रा चिह्न बनाउन विपिन आचार्यको माग News Polar सङ्घीय निजामती सेवा विधेयक संसद्‌मा दर्ता News Polar संघीय निजामती सेवा विधेयक संसद्मा, प्रशासन सुधारको बलियो आधार बन्ने मन्त्रीको विश्वास News Polar सभामुखले बोल्न समय दिएपछि सांसद राईको छोटो जवाफ– ‘कुरा त्यही हो हजुर’ News Polar स्वदेशमै उत्पादित रासायनिक मलको खरिद सुनिश्चित गर्न अध्ययन कार्यदल गठन News Polar ‘आफ्नै खेत बगेको भन्दा वडा भवन ढलेकामा दुःख लागेको छ ’ News Polar पुस्तौँको अनुभव अब राष्ट्रको सम्पत्ति : ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ बनाउँदै महिला, बालबालिका मन्त्रालय News Polar ट्रम्पद्वारा भारतीय पाइलटको प्रशंसा News Polar ज्येष्ठ नागरिकलाई ज्ञान र अनुभवको सामाजिक सम्पदाका रूपमा सम्मान गर्नुपर्छ : मन्त्री बादी News Polar जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार लागुऔषध मुद्दाका प्रतिवादी पुनः पक्राउ News Polar दसैँअघि नै बर्दिया–कैलालीका उखु किसानले बक्यौता पाउने News Polar सुनसरीमा ५६४ किलो गाँजासहित सुमो बरामद, चालक फरार News Polar अडियो प्रकरणमा कृषिमन्त्री चौधरी : ‘व्यक्तिगत र पारिवारिक कुनै सम्बन्ध छैन’ News Polar ‘आफ्नै खेत बगेको भन्दा वडा भवन ढलेकामा दुःख लागेको छ ’ News Polar सह–पाइलटको आक्रमणपछि भारतीय पाइलटको प्रशंसा News Polar उपभोक्ताका रोजाइमा साल्ट ट्रेडिङद्वारा सञ्चालित सुपथ मूल्य पसल News Polar एसियाली खेलकुद : जुडोमा पुनम पराजित News Polar स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह

भ्रमण वर्ष २०२० का लागि गन्तव्यको पहिचान

भ्रमण वर्ष २०२० का लागि गन्तव्यको पहिचान
अ अ+ अ-

बाँके । नेपाल भ्रमण वर्ष सन् २०२० को प्रवद्र्धनका लागि बाँकेमा पर्यटकीय गन्तव्यहरुको पहिचान गरी सूचीकृत गरिएको छ । जिल्ला समन्वय समितिको नेतृत्वमा रहेको जिल्लास्तरीय पर्यटन प्रवद्र्धन समितिले बाँकेका सात स्थानीय तहमा रहेका पर्यटकीय गन्तव्यहरुको पहिचान गरेको हो ।

गत मङ्सिर पहिलो साता बाँकेका गन्तव्य पहिचानका लागि तेजविक्रम शाहको अध्यक्षतामा बनेको समितिले बाँकेका सात स्थानीय तहका पर्यटकीय स्थलको सूची तयार गरेको थियो । गन्तव्य पहिचानका लागि गठित समितिले बाँकेका आठै स्थानीय तहसँगको समन्वयमा पर्यटकीय गन्तव्यको सूची तयार गरेको समितिका अध्यक्ष शाहले बताउनुभयो ।

उहाँका अनुसार नरैनापुर गाउँपालिकाबाहेक सात स्थानीय तहले पर्यटकीय स्थल सूचीकरणका लागि समितिसामु प्रस्ताव गरेका थिए । समितिले नेपालगञ्जको प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिर, खजुरा गाउँपालिका गौघाटस्थित झोलुङ्गे पुल र गुराँस सामुदायिक वन, बैजनाथ गाउँपालिकाको गाभर होमस्टे, जानकी गाउँपालिकाको जोगागाउँस्थित मन्दिर र तलाउ, राप्तीसोनारीको सिक्टा पुल र ढकेरीको बोटानिकल गार्डेनलाई सूचीमा समावेश गरेको छ ।

त्यस्तै, डुडुवा गाउँपालिकाको कमरशा बाबा मजार, कोहलपुर नगरपालिका अन्तर्गत पर्ने बाँके राष्ट्रिय निकुञ्जलाई बाँकेको पर्यटकीय गन्तव्यका रुपमा पहिचान गरी सूचीकरण गरिएको छ । “बाँकेमा पहिचान गरिएको गन्तव्यहरुको प्रवद्र्धनका लागि प्रचार सामग्री प्रकाशन गर्ने तयारी भैरहेको छ,” जिल्लास्तरीय पर्यटन प्रवद्र्धन समितिका संयोजकसमेत रहनुभएका जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीवास्तवले भन्नुभयो ।

उहाँले जिल्लामा भ्रमण वर्ष सफल पार्न विभिन्न पाँच उपसमिति बनाएर तयारी गरिरहेको पनि समितिका संयोजक श्रीवास्तवले जानकारी दिनुभयो । भ्रमण वर्षको अघिल्लो दिन डिसेम्बर ३१ मा बाँकेमा पर्यटन वर्ष शुभारम्भ कार्यक्रम आयोजना गर्ने जानकारी दिँदै श्रीवास्तवले भन्नुभयो – “भ्रमण वर्ष शुभारम्भमा मुख्यमन्त्रीलाई निम्तो दिँदैछौं । भ्रमण वर्षलाई भव्य र सभ्य बनाउन हामी लागिपरेका छौं ।”

भव्य आतिशबाजीसहित अङ्ग्रेजी नयाँ वर्ष २०२० को स्वागतलाई नेपाल भ्रमण वर्षको स्वागतका रुपमा नेपालगञ्जको होटल सिद्धार्थ परिसरमा औपचारिक कार्यक्रम गरिने भएको छ । समृद्धिको आधार पर्यटन नै भएकाले मुलुकको यो अभियानमा सहयोग र सहकार्य गर्न समितिले सम्पूर्ण बाँकेवासीमा आह्वान गरेको छ । समितिले पर्यटकलाई स्वागत गर्न संयोजक श्रीवास्तवको नेतृत्वमा भारतका मुख्य शहरहरुमा जाने निर्णयसमेत गरेको छ ।

यस्तै नेपालगञ्ज विमानस्थलबाट १५ किलोमिटरको दूरीमा बाँके राष्ट्रिय निकुञ्ज छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दायाँबायाँ संरक्षित क्षेत्र रहेको छ । स्थल र हवाईमार्गबाट सहजै यहाँ आउन सकिन्छ । भारत ओहोरदोहोर हुने सीमा नजीकै छ । यस्तै अनुकूलताका कारण मुलुकको कान्छो निकुञ्ज घुम्न आउने पर्यटक बढ्न थालेका छन् । यहाँका प्राकृतिक सम्पदा र वन्यजन्तुले पाहुनाको मन जित्न थालेका छन् ।

यही निकुञ्ज भएर मुलुकका विभिन्न जिल्ला आउजाउ गरिन्छ । त्यसैले यो पर्यटकका लागि ‘ट्रान्जिट प्वाइन्ट’ का रूपमा विकास भइरहेको छ । दुई वर्षअघि निकुञ्जमा जम्मा चार जना पर्यटक आएका थिए । आर्थिक वर्ष २०७५÷७६ मा १६० पर्यटक आएको निकुञ्ज प्रशासनले जनाएको छ । यसमा १४८ आन्तरिक पर्यटक थिए ।

निकुञ्ज घोषणा भएको आठ वर्षको अवधिमा शून्य अवस्थाबाट अहिले बाघको सङ्ख्या २१ पुगेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेश प्रवेश बिन्दुका रूपमा रहेकाले पूर्व–पश्चिम राजमार्ग भएर ओहोरदोहोर गर्नेहरु निकुञ्ज घुमफिर गरेर फर्किने गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले बताउनुभयो । “बाँके निकुञ्ज पर्यटक ट्रान्जिट हुँदैछ,” उहाँँले भन्नुभयो – “कम खर्चमा, छोटो समयमा पर्यटकले निकुञ्ज घुम्ने अवसर पाएका छन् ।”

उहाँका अनुसार पछिल्लो समय बाघको सङ्ख्या बढदै गएपछि चासो बढेको हो । निकुञ्जमा हात्ती सफारीको व्यवस्था छ । मुख्य आकर्षण वन्यजन्तुसँगै यहाँको चुरिया रेन्जको लोभलाग्दो दृश्य हो । चुरे क्षेत्रमा लामो पदयात्रा ९हाइकिङ० गर्न सकिने हुँदा पर्यटकको रोजाइमा पर्न थालेको गाभर भ्याली सामुदायिक होमस्टेका प्रमुख कृष्ण चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो – “यहाँ स–साना चुरे छन् । दृश्य हेर्न आउने स्थानीय पर्यटकको घुइँचो लाग्छ ।”

आन्तरिक पर्यटकसमेत घुमफिर गर्न मन पराउन थालेपछि होमस्टे र निकुञ्जको महत्व बढ्दै गएको उहाँको अनुभव छ । निकुञ्ज वरिपरि तीन वटा निजी थारू होमस्टे र १७ वटा घर भएका सामुदायिक होमस्टे सञ्चालित छन् । सबैभन्दा महत्वपूर्ण कुरा विमानस्थल र सुविधा सम्पन्न तारे होटल यहाँ स्थापना भएका छन् ।

यस्तै भ्रमण वर्षलाई लक्ष्य गरी पर्यटन मन्त्री योगेश भट्टराई स्वदेशी तथा विदेशीका लागि समान वा हाल कायमभन्दा कम हवाई भाडादर लागू गर्नुपर्छ भन्ने सोच राख्नुहुन्छ । विदेशी पर्यटकका लागि हवाई भाडादर कम भए त्यसले पश्चिम नेपालको पर्यटन उद्योगमा सकारात्मक प्रभाव पार्ने धारणा यहाँका पर्यटन व्यवसायीहरुले व्यक्त गर्दैआएका छन् । सरकारले विमान कम्पनीहरुसँग निरन्तर वार्ता गरिरहेको छ तर, निष्कर्ष आइसकेको छैन ।

पश्चिममा पर्यटक नआउनुमा महङ्गो हवाई भाडा पनि प्रमुख कारण रहेको पर्यटन व्यवसायीहरु बताउँछन् । ‘अहो १ कति महङ्गो हो तिम्रोमा एयरफेयर ?’ पश्चिम नेपाल घुम्न काठमाडौँबाट नेपालगञ्ज आएका विदेशी पर्यटक यहाँ बास बसेका बेला होटल सञ्चालकसँग यस्तै गुनासो पोख्छन् । त्यस्ता पर्यटकहरु यहाँसम्म विमानमा आउँदा लाग्ने खर्चले त चितवन र पोखरा नै घुम्न भ्याइन्छ भन्ने तर्क गर्न पछि पर्दैनन् ।

हवाई भाडा निर्धारण गर्ने ठाउँमा नभएकाले होटल सञ्चालक प्रश्न सोध्ने पर्यटकलाई जवाफ दिन सक्दैनन् । यहाँका होटल व्यवसायीहरु औपचारिक सभा समारोहमै एयरफेयरका बारेमा बोल्न थालेका छन् । होटल तथा पर्यटन व्यवसाय प्रवद्र्धनका विषयमा हुने हरेक कार्यक्रममा विमान सेवा कम्पनीलाई कसरी हुन्छ भाडा घटाउन लगाउनुपर्ने माग गर्दै आएका छन् । भ्रमण वर्ष २०२० नजीक आएका बेला यहाँ हवाई भाडाको मुद्दा सशक्तरुपमा उठिरहेको छ ।

अध्यक्ष कँडेल भन्नुहुन्छ – “नेपालीलाई अधिकतम दश हजार र विदेशी पर्यटकलाई झण्डै २० हजार हवाई भाडा लाग्छ । हामी नेपाली सरह गर भन्दैनौं तर, अलि कम गरेको भए पर्यटकको सङ्ख्या बढ्ने थियो जस्तो लाग्छ ।” पश्चिम नेपालका पर्यटकीयस्थल विदेशीका लागि नयाँ छन् । काठमाडौँ ओर्लिएपछि अधिकाँश पर्यटक पूर्वतिरै केन्द्रित हुन्छन्, प्रायः पश्चिम आउँदैनन् । ट्राभल्स कम्पनी जहाँ चर्चित पर्यटकीय स्थल छन्, त्यहाँकै ‘टुर प्योकज’ बनाउँछन् ।

“पश्चिमका धेरैजसो पर्यटकीय क्षेत्रका बारेमा विदेशीलाई थाहै छैन, उनीहरु काठमाडौँ, पोखरा, सौराहा, सगरमाथा त्यतै त्यतै जान चाहन्छन् ।” कँडेल भन्नुहुन्छ – “पर्यटकले आफैं पश्चिम घुम्छु भन्ने अवस्थाबाहेक अन्यथा ट्राभल्सहरुले महङ्गो भाडामा पर्यटकलाई यता पठाउँदैनन् जसको मारमा हामी पर्छौं ।” यहाँका पर्यटकीय स्थल चिनाउन बाँकी नै रहेका बेला हवाई भाडाले झन् समस्या पारेको यहाँका पर्यटन व्यवसायीहरुको गुनासो छ ।

नेपालगञ्ज–पोखरा उडान लगायत प्रवद्र्धनात्मक काममा सक्रिय सिद्धार्थ हस्पिटालिटी अफ बिजनेश ग्रुपका क्षेत्रीय प्रबन्धक केशव न्यौपान थप उडान, हवाई भाडा जस्ता विषय सम्बोधन हुन सके पश्चिम नेपालका पर्यटकीय स्थलमा विदेशी पर्यटक भरिभराउ हुने बताउनुहुन्छ ।

पश्चिम नेपालमा बर्दिया राष्ट्रिय निकुञ्ज हेर्न सबैभन्दा बढी पर्यटक आउँछन् । त्यसबाहेक कर्णाली प्रदेशको डोल्पा, हुम्लामा पदयात्राको रुची राख्दै आउने पर्यटक पनि छन् तर, नगण्य मात्रामा । नेपालगञ्ज पुग्न झण्डै २० हजार खर्च गर्नुपर्छ भने डोल्पामा पुग्न त झनै बढी खर्च लाग्छ । प्रबन्धक न्यौपाने भन्नुहुन्छ – “कसले के गर्दा पश्चिम नेपाललाई फाइदा हुन्छ त्यो गरौं ।” भ्रमण वर्षलाई लक्ष्य गरी पश्चिम नेपालमा विशेष प्याकेज शुरु हुने उहाँ बताउनुहुन्छ ।

गन्तव्यहरुको प्रचारप्रसार नभइसकेको अवस्थासम्म पर्यटकलाई तान्न भए पनि हवाई भाडा हेरफेर गर्नुपर्ने नेपालगञ्जका पर्यटन व्यवसायीको माग छ । होटल व्यवसायी सीताराम यादव भन्नुहुन्छ – “एयरफेयर मात्र होइन पर्यटन प्रवद्र्धनका लागि थुप्रै काम गर्न बाँकी छ । यो काम सरकार र निजी क्षेत्रको सहकार्य बिना सम्भव छैन ।”