१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सङ्घीय संसद्‌का दुवै सदनको चालु अधिवेशन असोज १६ गते मध्यरातिदेखि अन्त्य News Polar महाधिवेशन निर्वाचनपछि पार्टीविरोधी गतिविधि गर्नेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी News Polar नेपाली रुपैयाँका लागि छुट्टै मुद्रा चिह्न बनाउन विपिन आचार्यको माग News Polar सङ्घीय निजामती सेवा विधेयक संसद्‌मा दर्ता News Polar संघीय निजामती सेवा विधेयक संसद्मा, प्रशासन सुधारको बलियो आधार बन्ने मन्त्रीको विश्वास News Polar सभामुखले बोल्न समय दिएपछि सांसद राईको छोटो जवाफ– ‘कुरा त्यही हो हजुर’ News Polar स्वदेशमै उत्पादित रासायनिक मलको खरिद सुनिश्चित गर्न अध्ययन कार्यदल गठन News Polar ‘आफ्नै खेत बगेको भन्दा वडा भवन ढलेकामा दुःख लागेको छ ’ News Polar पुस्तौँको अनुभव अब राष्ट्रको सम्पत्ति : ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ बनाउँदै महिला, बालबालिका मन्त्रालय News Polar ट्रम्पद्वारा भारतीय पाइलटको प्रशंसा News Polar ज्येष्ठ नागरिकलाई ज्ञान र अनुभवको सामाजिक सम्पदाका रूपमा सम्मान गर्नुपर्छ : मन्त्री बादी News Polar जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार लागुऔषध मुद्दाका प्रतिवादी पुनः पक्राउ News Polar दसैँअघि नै बर्दिया–कैलालीका उखु किसानले बक्यौता पाउने News Polar सुनसरीमा ५६४ किलो गाँजासहित सुमो बरामद, चालक फरार News Polar अडियो प्रकरणमा कृषिमन्त्री चौधरी : ‘व्यक्तिगत र पारिवारिक कुनै सम्बन्ध छैन’ News Polar ‘आफ्नै खेत बगेको भन्दा वडा भवन ढलेकामा दुःख लागेको छ ’ News Polar सह–पाइलटको आक्रमणपछि भारतीय पाइलटको प्रशंसा News Polar उपभोक्ताका रोजाइमा साल्ट ट्रेडिङद्वारा सञ्चालित सुपथ मूल्य पसल News Polar एसियाली खेलकुद : जुडोमा पुनम पराजित News Polar स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह

परिवार नियोजन साधनको विषयमा जानकार बन्दै

परिवार नियोजन साधनको विषयमा जानकार बन्दै
अ अ+ अ-

सुनसरी । सुनसरी सदरमुकाम इनरुवा–९ बबियाकी सबना खातुनलाई परिवार नियोजना साधनको विषयमा केही जानकारी थिएन । गाउँ घरमा बस्ने गरेको र सहज रुपमा गाउँघरमा परिवार नियोजनको साधन उपलब्ध र जानकारी नहुने भएकाले खातुनलाई परिवार नियोजनको विषयमा जानकारी थिएन ।

उहाँजस्तै सोही ठाउँकी राधादेवी खत्वेलाई परिवार नियोजनको साधान भनेको के हो र यो कहाँ पाइन्छ भन्ने विषयमा केही जानकारी थिएन । सबना र राधा त्यो क्षेत्रका लागि उदाहरणका पात्र मात्र थिए । उहाँहरु जस्तै सयौँ स्थानीय महिलालाई परिवार नियोजन भनेको के हो, यसका उपायहरु के के हुन्, यो कुन बेलामा प्रयोग गर्ने लगायतका विषयमा केही जानकारी थिएन ।

चार वर्षदेखि अड्रा नेपालले त्यस क्षेत्रका विवाहित किशोरी महिलालाई लक्षित गरेर परिवार नियोजन सम्बन्धी कार्यक्रम सञ्चालन गर्न थालेपछि महिलामा जागरुकता बढेको छ । अहिले त्यस क्षेत्रका महिला सहजै रुपमा परिवार नियोजनका साधनको विषयमा बोल्न सक्ने र बुझाउन सक्ने अवस्थामा पुगेको छ ।

महिलाहरुले परिवार नियोजन भनेको के हो, सुरक्षित र शिक्षित परिवार भनेको के हो, परिवार नियोजनको सधानहरु के के हुन् लगायतका विषयमा जानकार हुन थालेका छन् । कतिपय ग्रामीण क्षेत्रका महिलाले त महिनावारी भएको बेला कपडाको प्रयोग गर्दै आएकामा अहिले विभिन्न सरकारी तथा गैरसरकारी सङ्घसंस्थाहरुले जनचेतना प्रदान गरेपछि प्याडको प्रयोग गर्न शुरु गरेको बबिया स्वास्थ्य चौकीका प्रमुख सन्तोष देवले बताउनुभयो ।

सुनसरीको बबियामा युकेआइडी र युएनएफपिएको आर्थिक सहयोग तथा स्वास्थ्य कार्यालय सुनसरीको समन्वय र आड्रा नेपालको आयोजनामा २० वर्षमुनिका विवाहित किशोरकिशोरीका लागि परिवार नियोजनसम्बन्धी अभिमुखीकरण लगायतका कार्यक्रम सञ्चालन गरेपछि महिला अहिले यस विषयमा पर्याप्त जानकारी हासिल गर्न सफल भएको हो ।

आड्राले बबिया लगायतका अन्य ठाउँमा पछाडि परेका समुदायलाई लक्षित गरेर परिवार नियोजनको साधन कसरी प्रयोग गर्ने, कुन साधन प्रयोग गर्दा फाइदा वा बेफाइदा के हुने, साधन प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरु के के हो, कतिको उमेरमा सुरक्षित सन्तान जन्माउने, शिक्षित परिवार कसरी बनाउने लगायतको विषयमा सहभागीहरुलाई जानकारी गराउँदै आएका कारण अहिले ग्रामीण क्षेत्रका महिला परिवार नियोजनको साधन प्रयोगमा आकर्षण बढेको आड्रा नेपालका सुमित्रा सापकोटाले बताउनुभयो ।

आड्रा नेपालले युएनएफपिए नेपालको परिवार नियोजन परियोजनाअन्तर्गत सेवाको पहँुच नपुगेका समुदायका विभिन्न स्थानमा कार्यक्रम सञ्चालन गर्दै आएको संस्थाका सुमित्रा सापकोटाले बताउनुभयो । आड्राले जिल्लामा परिवार नियोजनको क्षेत्रमा ४ वर्षदेखि काम गर्दै आएको छ । पहिलो ग्रामीण क्षेत्रका महिलाहरु परिवार नियोजन साधनको विषयमा खुलेर बोल्नका लागि लजाउने गरेकामा अहिले सहजै रुपमा बोल्न सक्ने र प्रयोग गर्न सक्ने भएको सापकोटाको भनाइ छ ।

प्राप्त एक तथ्याङ्क अनुसार सो क्षेत्रका सक्रिय यौन उमेरको जनसंख्यामध्ये १५ प्रतिशतले मात्रै परिवार नियोजनका साधनहरु प्रयोग गरेको पाइएको छ । परिवार नियोजनका साधन प्रयोग गर्नेमध्ये पुरुषको संख्या झनै कम रहेको छ । परिवार नियोजनका साधनको विषयमा जानकारी अभाव तथा लाज र डरका कारण सर्वसाधारणले परिवार नियोजनका साधन प्रयोग गर्दैनन् । जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले परिवार नियोजनका साधनबारे सचेतीकरण र प्रयोगको दरलाई बढाउन वर्षेनी लाखौँ रुपैयाँ खर्च गर्दैआएको छ । तर त्यो लगानी बालुवामा पानी सरह भइरहेको छ । परिवार नियोजनका सबै साधनहरु सरकारी स्वास्थ्य संस्थाहरुमा निःशुल्क पाइन्छन् । सर्वत्र उपलब्ध हुने कन्डमको समेत अत्यन्तै न्यून प्रयोग हुने गरेको तथ्याङ्कले देखाएको छ । जिल्ला स्वास्थ्य कार्यालयले सबै स्वास्थ्य संस्थाबाट विभिन्न प्रकारका परिवार नियोजन सेवा दिइरहेको छ, तर लाज र डरका कारण धेरैले त्यस्तो सेवा लिदैनन् ।

गाउँ–गाउँसम्म सूचना प्रवाह गर्न विभिन्न सञ्चार माध्यम, स्वास्थ्य चौकीहरु र महिला स्वास्थ्य स्वयंसेविकालाई परिचालन गरिएपनि परिवार नियोजनका साधन प्रयोगको दर बढ्न नसकेको बताइएको छ । अधिकांश पुरुषले बच्चा जन्माउने महिलाले हो, पुरुषले हैन, त्यसैले परिवार नियोजनका साधन पनि महिलाले नै प्रयोग गर्नुपर्छ भन्ने धारणा राख्ने भएकाले पनि पुरुषले परिवार नियोजनका साधन प्रयोग नगर्ने गरेको पाइएको थियो तर अहिले त्यस्मा परिवर्तन आउन थालेको सापकोटाले बताउनुभयो । गर्भपतनलाई परिवार नियोजनको साधनको रुपमा लिने गरेकाले पनि परिवार नियोजनका साधनको प्रयोगको कमी भएको चिकित्सकहरु बताउँछन् ।