३ भाद्र २०८३, बुधबार
,
Latest
दश वर्षमा पनि बनेन मनाङमा पुल सप्तधारा संरक्षणसँगै जोगिँदै भोजपुर बजारको ‘ऐतिहासिक पहिचान’ मजपोक–नेटा–अर्मन–किमचौर–ताराखोला सडक: स्तोन्नती गर्न पाँच करोड सुनिश्चित राहुपारेको अस्थायी बस्ती र संरचना हटाइयो यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेशस्तरीय महिला फुटबल पुस ११ देखि



अ+ अ-

झापा । झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा आजदेखि हुने भनिएको प्रदेशस्तरीय महिला नकआउट फुटबल प्रतियोगिता प्राविधिक कारणले पुस ११ गतेदेखि सञ्चालन हुने गरी सरेको छ ।

बिर्तामोड फुटबल क्लबको आयोजनामा हुने ‘तमू ल्होसार गोल्डकप–२०७६’ महिला फुटबल प्रतियोगिता तमू ल्होसारकै अवसर पारेर सञ्चालन गरिने भएको हो । यसअघि २०६३ सालमा महिला फुटबल प्रतियोगिता झापामा भएको थियो ।

पुस १५ गतेसम्म हुने प्रतियोगितामा झापा, मोरङ, सुनसरी, ताप्लेजुङ, पाँचथर, इलाम, धनकुटा र उदयपुरका टिमले सहभागिता जनाउने क्लबका अध्यक्ष डिके गुरुङले जानकारी बताउनुभयो । प्रतियोगिताको विजेताले नगद रु एक लाख एक हजार १११ र उपविजेताले रु ५१ हजार १११ प्राप्त गर्ने छन् । अध्यक्ष गुरुङका अनुसार हरेक वर्ष ल्होसारको अवसरमा महिला फुटबल प्रतियोगिता गर्ने योजना रहेको छ ।