१८ आश्विन २०८१, शुक्रबार
,
Latest
आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने, विपी राजमार्ग दशैँअघि नखुल्ने विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खल्ने नख्खुका बाढी पीडितलाई स्थानीयको ढाडस: दैनिक तीन सयलाई खाना खुवाउँछन् काभ्रेका बाढी प्रभावित ३ वटा स्थानीय तहलाई काठमाडौँ महानगरपालिकाको २०/२० लाख रुपैयाँ सहयोग सर्वोच्च अदालतलाई वैवाहिक बलात्कारमा उदारता देखाउन भारत सरकारको आग्रह शरीरमा देखिने यी ६ संकेतले संकेत गर्छ कि तपाईले धेरै चिनी खाइरहनुभएको छ बाढीपहिरो र डुबान : सडक पुल पुनःनिर्माणका गर्न २५ अर्ब लाग्ने अनुमान
तपाईं के खोज्दै हुनुहुन्छ ?

५१ स्वर्ण जित्नु सानो उपलब्धि होइन, नेपाल हरेक हिसाबले अनुकूल छ : मन्त्री विश्वकर्मा



अ+ अ-

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले खेलकुदको क्षेत्रमा नेपालले अपेक्षित प्रगति हासिल गर्न सफल भएको बताउनुभएको छ ।

स्वतन्त्र विद्यार्थी युनियन आरआर क्याम्पसद्वारा आयोजना गरिएको नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत तथा बृहत् रचनात्मक सप्ताहको उद्घाटन गर्दै उहाँले खेलकुदको क्षेत्रमा गरेको प्रगतिबाट नेपाललाई विश्वले चिन्ने समय आउन लागेको बताउनुभयो । “विभिन्न शक्तिसम्पन्न राष्ट्रहरुले खेललाई पेशा, व्यवसाय र उद्योगका रुपमा विकास गरेका छन्”, उहाँले भन्नुभयो, “खेलकुदका लागि नेपाल हरेक हिसाबले अनुकूल छ, हावापानी र प्रकृतिले उत्तिकै साथ दिएको छ ।”

उहाँले खेलकुदको क्षेत्रमा लागेर कसैले पनि पछुतो मान्न पर्ने अवस्था नरहने बताउनुभयो । “खेल र खेलाडीलाई सम्मान गर्ने परिपाटीको विकास भएको छ”, उहाँले भन्नुभयो, “खेलकुदप्रति खेलाडीको आकर्षण पनि निकै बढेर गएको छ ।”

मन्त्री विश्कर्माले १३ औँ दक्षिण एशियाली (साग) प्रतियोगिताले नेपालको इज्जत र प्रतिष्ठामा उल्लेख्य वृद्धि भएको बताउनुभयो । “खेलाडीलाई सरकारका तर्फबाट आवश्यक प्रोत्साहन र हौसलाका कारण सागमा जीत हासिल गर्न सकिएको हो”, उहाँले भन्नुभयो, “५१ स्वर्ण जित्नु सानो उपलब्धि होइन ।” उहाँले सरकार खेलाडीलाई आवश्यक पर्ने जुनसूकै पूर्वाधार विकास गर्न पछि नहट्ने विश्वास दिलाउनुभयो ।

अनेरास्ववियुका संयोजक ऐन महरले नेपालको विश्वसँग भिड्न सक्ने एकमात्र माध्यम खेलकुद भएको बताउनुभयो । “हामी बम बारुदमा अरूसँग लड्न सक्दैनौँ”, उहाँले भन्नुभयो, “खेलकुदमा जीत हासिल गरेर अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको शिरलाई उच्च पार्न सक्छौँ ।” उहाँले खेलकुदलाई संस्कृति र पर्यटनसँग जोडेर मुलुकलाई समृद्ध बनाउन सकिने धारणा राख्नुभयो । कार्यक्रममा क्याम्पसप्रमुख डा निर्मला सुवाल, अनेरास्ववियुका नेता आरसी लामिछाने, सुदेश पराजुली, नेत्री आरती लामा, स्ववियु सभापति टपेन्द्र शाही, सचिव नारायण शर्मा लगायतले आरआर क्याम्पसले नेपालको शैक्षिक उन्नतिमा महत्वपूर्ण योगदान पु¥याएको बताउनुभयो ।

सप्ताहव्यापीकार्यक्रमअन्तर्गत भलिबल प्रतियोगिता, वक्तृत्वकला प्रतियोगिता, सरसफाइ कार्यक्रमको आयोजना गरिएको स्ववियुले जनाएको छ ।