१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सङ्घीय संसद्‌का दुवै सदनको चालु अधिवेशन असोज १६ गते मध्यरातिदेखि अन्त्य News Polar महाधिवेशन निर्वाचनपछि पार्टीविरोधी गतिविधि गर्नेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी News Polar नेपाली रुपैयाँका लागि छुट्टै मुद्रा चिह्न बनाउन विपिन आचार्यको माग News Polar सङ्घीय निजामती सेवा विधेयक संसद्‌मा दर्ता News Polar संघीय निजामती सेवा विधेयक संसद्मा, प्रशासन सुधारको बलियो आधार बन्ने मन्त्रीको विश्वास News Polar सभामुखले बोल्न समय दिएपछि सांसद राईको छोटो जवाफ– ‘कुरा त्यही हो हजुर’ News Polar स्वदेशमै उत्पादित रासायनिक मलको खरिद सुनिश्चित गर्न अध्ययन कार्यदल गठन News Polar ‘आफ्नै खेत बगेको भन्दा वडा भवन ढलेकामा दुःख लागेको छ ’ News Polar पुस्तौँको अनुभव अब राष्ट्रको सम्पत्ति : ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ बनाउँदै महिला, बालबालिका मन्त्रालय News Polar ट्रम्पद्वारा भारतीय पाइलटको प्रशंसा News Polar ज्येष्ठ नागरिकलाई ज्ञान र अनुभवको सामाजिक सम्पदाका रूपमा सम्मान गर्नुपर्छ : मन्त्री बादी News Polar जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार लागुऔषध मुद्दाका प्रतिवादी पुनः पक्राउ News Polar दसैँअघि नै बर्दिया–कैलालीका उखु किसानले बक्यौता पाउने News Polar सुनसरीमा ५६४ किलो गाँजासहित सुमो बरामद, चालक फरार News Polar अडियो प्रकरणमा कृषिमन्त्री चौधरी : ‘व्यक्तिगत र पारिवारिक कुनै सम्बन्ध छैन’ News Polar ‘आफ्नै खेत बगेको भन्दा वडा भवन ढलेकामा दुःख लागेको छ ’ News Polar सह–पाइलटको आक्रमणपछि भारतीय पाइलटको प्रशंसा News Polar उपभोक्ताका रोजाइमा साल्ट ट्रेडिङद्वारा सञ्चालित सुपथ मूल्य पसल News Polar एसियाली खेलकुद : जुडोमा पुनम पराजित News Polar स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह

अस्तित्व मेटिँदै गरेका डोटीका दरबार

अस्तित्व मेटिँदै गरेका डोटीका दरबार
अ अ+ अ-

डोटी । जिल्लाको दिपायल सिलगढी नगरपालिका–३ दिपायल र वडा नं ६ सिलगढीस्थित नाचनथलीमा रहेको डोटी गौडादरबार तथा जोरायल गाउँपालिका–६ निरौलीमा रहेको पुरातात्विक महत्व र पर्यटकीय सम्भावना बोकेका दरबारहरु उचित संरक्षण नगरिँदा अस्तित्व मेटिँदै जान थालेको छ ।

दरबार संरक्षण गर्न केही पहल चालिए पनि खासै संरक्षण नगरिँदा अस्तित्व मेटिँदै जान थालेको स्थानीयवासीको आरोप छ । ती दरबारहरुको समयमै उचित संरक्षण तथा संवद्र्धन गरिएको भए नेपाल भ्रमण वर्ष २०२० मा पर्यटक उल्लेख्य मात्रामा भित्र्याउन सकिने स्थानीयवासी तथा काँग्रेस नेता घनश्याम पाठकले बताउनुभयो । उहाँले भन्नुभयो, “दरबारको संरक्षण गर्ने भन्ने कुरोमात्रै सुनिन्छ तर खासै संरक्षण नगरिँदा पुरातात्विक महत्व र पर्यटकीय सम्भावना बोकेका दरबार भग्नावशेषमा परिणत हँुदैछन् ।”

डोटी राज्यको दरबार अर्थात् मूलगढ हालको महाकाली अञ्चलअन्तर्गत डडेलधुरा जिल्लास्थित अजयमेरुमा थियो । जसलाई अद्यावधि अजैमरकोट भनिन्छ । पहिला त्यहाँबाट नै डोटी राज्यको राज्य व्यवस्था सञ्चालन हँुदै आएकामा डोटेली राजा भूपति शाहीको शासनकालमा हालको दिपायलको पूर्वीभागतिर गनैर गौडा नामक डाँडामा राजदरबार अर्थात् कोट निर्माण हुन गई त्यहाँबाट नै डोटी राज्यको राज्य व्यवस्था सञ्चालन हुन थाले वृद्धहरु बताउँछन् । जसलाई अद्यावधि दिपायलकोट भनिन्छ ।

तत्कालीन डोटेली राजाको दरबारलाई कुनै पनि प्रयोजनमा ल्याउन नसकिएबाट दिनानुदिन जीर्ण हुन गई हाल भग्नावशेषका रूपमा रहेका छन् । डोटी राजाको मूल दरबार अजैमेरकोट हिउँदको समयमा ज्यादै चिसो हुने भएकाले शीतकालीन दरबारका रूपमा दिपायलमा कोट निर्माण भई यहाँबाट नै डोटी राज्यको राज्य व्यवस्था सञ्चालन हुन गएको राजपुरका स्थानीयवासी ८५ वर्षीय कुँवेरजङ्ग शाहले बताउनुभयो ।

सन् १४३८ देखि १४५० सम्म डोटी र कुमाउँको युद्धपछि त्रसित तत्कालीन राजा कल्याण मल्लले दिपायलकोटमा राजधानी सारेको विभिन्न शिलालेखमा उल्लेख रहेको पाइन्छ । युद्धमा पराजयका कारण दीप शाही भारतको सिङ्गाही पसेकाले शरणमा आएका उहाँका भाइ विष्णु शाहीलाई गोर्खालीको रजौटा बनाइयो । विष्णु शाहीपछि उहाँका ज्येष्ठ पुत्र पहाडी शाही ९द्वितीय० रजौटा भएका थिए । रजौटा डोटेली साहेब भनिने पदमविक्रम शाहका माइला पुत्र ७९ वर्षीय विष्णु शाहीदेखि पुख्र्यौली ज्येष्ठ पुत्रहरू रजौटाका रूपमा रहिआएको भन्ने भनाइ छ ।

विष्णु शाही, पहाडी शाही ९द्वितीय०, बलदेव शाही, सुरजङ्ग शाह, शमशेरबहादुर शाह, पदमविक्रम शाह र मोहनविक्रम शाह । यस प्रकार विसं २०१८ मा ‘राज्य रजौटा’ ऐन जारी भएपछि यहाँको रजौटा समाप्त हुन गएको थियो । तत्कालीन अन्तिम रजौटाका रूपमा मोहनविक्रम शाह थिए । विसं २०१८ देखि रजौटा प्रथाको अन्त भए पनि डोटीको दिपायल राजपुरस्थित शाह खलकमा पुख्र्यौली ज्येष्ठ पत्रलाई आदरपूर्वक सम्मान दिइनाका साथै बडादशैँमा घरपरिवारका साथै खलकका बाल वयोवृद्ध सबैले उहाँका हातबाट टीकाग्रहण गर्ने र उहाँले पनि पारिवारिक तथा खलकको रीतिरिवाजको परिधिमा रहनुपर्ने र जस्को अनुसरण नगरेमा खलक तथा परिवारले सम्मान नदिने प्रचलन अहिलेसम्म कायमै रहेको स्थानीय बूढापाकाहरु बताउँछन् ।

नेपाल एकीकरण पूर्वडोटी राज्यको राजधानी, गोर्खालीबाट परास्त भएपछि अर्थात् नेपाल एकीकरणपछि गोर्खालीको शक्ति सञ्चय तथा प्रशासकीय केन्द्रका रूपमा डोटी मोहडा गौडाको केन्द्र, विसं २०१८ मा नेपाल अधिराज्यको राजनीतिक विभाजनअनुरूप डोटी जिल्लाको सदरमुकाम र विसं २०३८ मा सुदूरपश्चिम विकास क्षेत्रको ९सेती महाकाली० विकास केन्द्रद्वारा प्रतिष्ठित हुँदै आएको हालको दिपायल सिलगढी नगरक्षेत्रले २०३८ सालमा नगरपालिका परिणत भएको भन्ने स्थानीयवासीको भनाइ छ ।

त्यस्तै डोटी दिपायल सिलगढी नगरपालिका–६ नाचन्थलीमा रहेको राणाकालीन दरबारको उचित संरक्षण नगरिँदा भत्किन थालेको छ । जिल्लाको ‘मल्लो ढोका’ भनेर चिनिने यो दरबार उचित संरक्षणको अभावमा भग्नावशेषमा परिणत हँुदैछ । राणा शासनकालमा हाल जिल्ला प्रशासन कार्यालय रहेको ठाउँलाई ‘तल्लो ढोका’ भन्ने गरिन्थ्यो भने ‘मल्लो ढोका’ दरबार बडा हाकिमको निवासका रुपमा प्रयोग हुने भएको थियो । करिब ४० कोठा रहेको यो दरबार संरक्षण अभावमा भत्किन थालेको छ । यो ‘मल्लो ढोका वरिपरि कोत गार्ड, सुसारे निवास, मनोरञ्जन घर, पूजा घरहरु निर्माण भएका छन् ।

ती घरहरु पनि भत्किन थालेका छन् । बहादुरशमशेर राणा बडा हाकिम भएका बेला उक्त दरबार स्थानीय व्यक्तिलाई बिक्री गरिएको थियो । यो कहिले बिक्री भयो भन्ने पत्ता लाग्न सकेन, तर बहादुरशमशेर विसं् १९९० को दशकमा डोटी गौंणामा भएको यहाँका बूढापाकाहरु बताउँछन् । करिब ४६ रोपनी जमीन त्यति बेला रु १० हजारमा सिलगढीका सुरत श्रेष्ठलाई बिक्री गरेको भन्ने सुनेको स्थानीयवासी सिद्धराज श्रेष्ठले बताउनुभयो ।

त्यस्तै जिल्लाको जोरायल गाउँपालिका–६ निरौलीमा रहेको अर्को डोटेली दरबार निरौली दरबार उचित संरक्षण तथा संवद्र्धनको अभावमा रहेको छ । त्यो दरबार पनि दिनहुँ भत्किँदै गइरहेको हो । संरक्षणमा कसैले पनि चासो नदेखाएपछि यो दरबार भत्किँदै गएको निरौली बसोटीका स्थानीय बासिन्दा खडकबहादुर बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, “पुरानो कलात्मक शैलीको तथा पुराना राजाको पालामा बनेको दरबार भत्किँदै गएको छ, पुरातात्विक महत्व बोकेका यस्ता सम्पदाको संरक्षण गरिनुपर्ने हो तर यसमा कसैले चासो देखाएका छैनन् ।”

सन् १४३९ मा तत्कालीन निरैपाल राजाले आफ्नो शासनकालमा निर्माण गरेको यो दरबार नाघी मल्ल राजाको शासनकालपछि खाली भएको र निरैपाल राजाका नामबाट पछि गएर यो ठाउँलाई निरौली नाम राखिएको भन्ने किंवदन्ती रहेको जोरायल गाउँपालिका– ५ गड्सेराका स्थानीय ९० वर्षीय वृद्ध जीतबहादुर विष्टले बताउनुभयो ।

मल्लकालीन समयमा राजा नाघि मल्ल र यही ठाउँमा रहेको भागेश्वर देवताबीच को ठूलो भन्ने विषयमा घम्साघम्सी ९भनाभन० चलेको र राजाले आफू ठूलो भएको जिकिर गरेपछि भागेश्वर देवताले राजाको दरबारमा कम्पन गराएपछि राजा डराएर देवतासँग माफी मागेर पूजा गर्न शुरु गरेको डोटेली गीत ९चैत, धुमारी० मा उल्लेख गरिएको जोरायल गाउँपालिका– ६ निरौलीका ८० वर्षीय वृद्ध नरबहादुर बोहराले बताउनुभयो ।

उहाँले भन्नुभयो, “नाघि मल्ल राजा र भागेश्वर देवताबीच भएको को ठूलो भन्ने विवादको कहानीमा बनाइएको धुमारीमा अहिले पनि डोटीका स्थानीय गौरा पर्वमा डेउडा खेल्ने गर्छन् ।” निरौली गाउँभन्दा माथि अग्लो रमणीय डाँडामा रहेको यो दरबारको समयमै उचित संरक्षण तथा संवद्र्धन गरिए त्यहाँको ऐतिहासिक र पर्यटकीय विकास हुने स्थानीयवासी बताउँछन् । यो क्षेत्रमा तत्कालीन अवस्थामा मल्ल राजाले प्रयोग गर्ने मगराउ ९कुवा० पनि जीर्ण बन्दै गएको छ ।

त्यस्तै जिल्लाको बडीकेदार गाउँपालिका बेर्छैनमा रहेको रिसेडी दरबारबाट राजा घोडामा चढेर निरौली दरबारमा आउने जाने समयमा बीच बाटोमा घोडालाई दाना पानी दिने ढुङ्गा तथा फलामका तोपडा पनि संरक्षण नहँुदा टुट्फुट हुन थालेका छन् । स्थानीय समाजसेवी डिल्लीराज जोशीले भन्नुभयो, “संरक्षण अभावमा अहिले यहाँका पुरातात्विक महत्वका विभिन्न चीजबीज लोप हुने अवस्थामा पुगेका छन् । आँखै अगाडि रहेका यी सम्पदाहरु लोप हुने अवस्थामा पुगेका छन् ।”

गौरा पर्वमा पनि राजा नाघि मल्ल तथा भागेश्वर देवताका बारेमा रचिएका गीत ९चैत, धुमारी० गाउने चलन अझै पनि छ । जोशीले भन्नुभयो, “भएका सम्पदाहरु त लोप हुने अवस्थामा पुगिसकेका छन् । परम्परा र संस्कृतिसँग सम्बन्धित यस्ता चैत, धुमारी पनि लोप नहोला भन्न सकिँदैन ।”

निरौली दरबारको संरक्षणका लागि गाउँपालिकाले पहल गर्ने जोरायल गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाले बताउनुभयो । उहाँले भन्नुभयो, “विज्ञहरुसँगको छलफल र स्थानीयको सुझावका आधारमा नै यसको संरक्षणका लागि पहल अगाडि बढाइनेछ ।” उचित संरक्षण तथा संवद्र्धन नगरिँदा बर्सेनि उक्त दरबार खण्डहरमा परिणत हुँदै गएको छ । दरबार संरक्षण गर्न स्थानीयवासीले माग गरेका छन् ।