१८ आश्विन २०८१, शुक्रबार
,
Latest
आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने, विपी राजमार्ग दशैँअघि नखुल्ने विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खल्ने नख्खुका बाढी पीडितलाई स्थानीयको ढाडस: दैनिक तीन सयलाई खाना खुवाउँछन् काभ्रेका बाढी प्रभावित ३ वटा स्थानीय तहलाई काठमाडौँ महानगरपालिकाको २०/२० लाख रुपैयाँ सहयोग सर्वोच्च अदालतलाई वैवाहिक बलात्कारमा उदारता देखाउन भारत सरकारको आग्रह शरीरमा देखिने यी ६ संकेतले संकेत गर्छ कि तपाईले धेरै चिनी खाइरहनुभएको छ बाढीपहिरो र डुबान : सडक पुल पुनःनिर्माणका गर्न २५ अर्ब लाग्ने अनुमान
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुलमान घिसिङ र डा. सन्दुक रुइत सम्मानीत



अ+ अ-

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र आँखा विशेषज्ञ चिकित्सक सन्दुक रुईत हेमबहादुर मल्ल सम्मान पुरष्कारबाट सम्मानीत हुनुहुनेभएको छ ।

नेपाल जनप्रशासन संघ र साल्ट ट्रेडिङ कर्पोरेशनले मंगलबार पत्रकार सम्मेलन गरी घिसिङ र रुईतलाई उक्त पुरस्कार प्रदान गर्न लागिएको जानकारी गराएको हो । साल्ट ट्रेडिङले घिसिङलाई लामो समयदेखिको लोडसेडिङ समस्यालाई हटाउन योगदान गरेको र रुईतलाई आँखा उपचारमा अतुलनीय योगदान गरेकोले उक्त पुरष्कार प्रदान गर्न लागिएको जनाएको छ । सम्मान प्रदान गर्न गठीत उच्चस्तरीय छनोट समितिका संयोजक कृष्णहरी बास्कोटाले घिसिङलाई २०७३ सालको र रुईतलाई २०७४ सालको पुरस्कारबाट सम्मान गर्न लागिएको बताउनुभयो ।

हेमबहादुर मल्ल सम्मान पुरष्कार २०५९ सालमा स्थापना गरिएको हो । बाग्लुङमा जन्मनुभएका मल्ल साल्ट ट्रेडिङ कर्पोरेशन महाप्रवन्धक भई रोलमोडल प्रशासन र व्यवस्थापकको रुपमा काम गर्नुभएकोले कर्पोरेशनले उहाँको सम्झनामा उक्त पुरस्कारको स्थापना गरेको हो । पुरष्कार २ लाख राशीको रहेको छ ।