• ५ असार २०८१, बुधबार
  •      Wed Jun 19 2024
  •   Unicode
Logo
Latest
★   ६० किलो सुन तस्करीमा संलग्न रहेको अभियोगमा थप दुई जना पक्राउ ★   पालुङबाट सिम्पानीसम्म ‘रुपचन्द्र विष्ट मार्ग’को प्रस्ताव राख्दै बर्तौला ★   कर्मचारीहरूको आन्दोलनका कारण संसद् बैठक स्थगित ★   सातौँ एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड सेप्टेम्बर १५ मा न्यूयोर्कको क्विन्स शहरमा हुने ★   समस्याग्रस्त तीन सहकारीको बचत फिर्ता ★   भरतले पेरिस पारालिम्पिक खेल्ने ★   मालपोत कार्यालय पर्साका तत्कालीन प्रमुखसहित सातजना भ्रष्टाचार मुद्दामा दोषी ठहर ★   थाइल्यान्डले समलिङ्गी विवाहलाई मान्यता दिने ★   मनसुनजन्य घटनाका समयमा समन्वय र सहकार्य गरी काम गर्नुस्: मन्त्री शर्मा ★   ललितपुर महानगरको नीति तथा कार्यक्रम: आयोजना र श्रम बैङ्क

सन् २०२१ वर्ष समीक्षा : सर्वाधिक खोजी गरिएका सेलिब्रेटीहरू



१. ब्रिट्नी स्पेयर्स

सन् २०२१ मा पप स्टार ब्रिट्नी स्पेयर्सको विवादास्पद संरक्षकत्वका रुपमा अभियान सुरु भयो । जसमा उनले कथितरुपमा आफ्नो आर्थिक तथा प्रजनन अधिकारमा कुनै नियन्त्रण नभएको खुलासा गरिन् । उनको पिताको कडा नियमलाई मुक्त गर्दै सो विवाद समाप्त भयो । स्पेयर्सले प्राय इन्स्टाग्राममा हृदयस्पर्शी सन्देशहरु पोस्ट गर्छिन् । तर हालै प्लेटफर्मममा उनले आफ्नो चार दशक लामो क्यारियरमा उनीसँग अन्याय गर्नेलाई बोलाएकी थिइन् । 

२. किम कार्दासियन

द किपिङ अफ विद द कार्दासियन स्टार ट्याब्लोइड हेडलाइन्समा चर्चामा आउने कुनै अपरिचित नाम होइन र सन् २०२१ मा पनि उनी यसबाट अलग थिइनन् । र्याप सुपरस्टार कान्ये वेस्टसँग उच्च प्रोफाइलको सम्बन्ध विच्छेदसँगै कमेडी स्केच सो सटर्डे नाइट लाइभको होस्टका रुपमा उनको आश्चर्यजनकरुपमा उत्कृष्ट मोडमा किम कार्दासियन धेरै पाठकहरुको दिमागमा शिर्ष स्थानमा छिन् ।

३. एलेस बाल्डविन

ओस्करमा मनोनित अभिनेता र बोस बेबी आवाज, सबैभन्दा प्रसिद्ध बाल्डविनका भाइ । यो वर्ष रस्ट भनिने चलचित्रको सेटमा एक घातक सुटिङ दुर्घटनाका लागि हेडलाइन बने। जबकि बाल्डविनले सिनेमेटोग्राफर ह्यालिना हचिन्सको मृत्युका लागि जिम्मेवार नभएको बताएका छन् तर कसरी प्रोप गनको गोला बारुदले यस्तो विनाशकारी क्षति निम्त्याउन सक्छ भन्ने बारे अनुसन्धान जारी छ।

४. लेडी गागा

ओस्कार र ग्रामी अवार्ड विजेता गायिकाले उनको सन् २०२१ लाई दुई प्रमुख कार्यक्रमहरूका साथ बुक गरिन्। जनवरीमा उनले अमेरिकी राष्ट्रपति जो बाइडेनको उद्घाटन समारोहमा गाएकी थिइन्। नोभेम्बरर डिसेम्बरमा उनी रिडले स्कट फिल्म हाउस अफ गुच्चीमा देखा परिन् र त्यसको प्रचार गरिन्।

५. तान्या रोबर्ट्स 

सन् २०२१ को सुरुआत केही त्रासदीका साथ भएको थियो । अभिनेत्री तान्या रोबर्ट्सको जनवरी ४ मा मृत्यु भयो। रोबर्ट्स ७१ वर्षकी थिइन् । यी अभिनेत्री टिभीज द्याट सेभेन्टीज सोमा उनको पुनरावर्ती भूमिकाका लागि परिचित थिइन् । यी अभिनेत्री १९८५ मा ए भ्यू टु अ किल मा एक बन्ड गर्ल थिइन र १९८० मा यिनलाई चार्ली एन्जिल्सको अन्तिम सिजन मा कास्ट गरिएको थियो।

६. एलिजावेथ हर्ली

सन् २०२१ मा एलिजावेथ हर्लीको इन्स्टाग्राम एकाउन्डमा २२ लाखभन्दा फलोअरसँगै उनी पाठकका लागि विस्मय र मनोरञ्जनको एक निरन्तर स्रोत थिइन् । 

७. जेनिफर एनिस्टन

‘फ्रेन्ड्स’ का सम्पूर्ण कास्ट यो वर्ष सिटकमको प्रशंसकहरुका लागि सबैभन्दा माथि थिए किनकी सिक्ससम एक एचबीओ स्पेसल र वाक डाउन मेमोरी लेनका लागि पुनः मिलेका थिए । जेनिफर एनिस्टनले एप्पल टिभीको द मर्निङ शोमा पनि अभिनय गरिन् जसका लागि उनले स्क्रिन एक्टर गिल्ड अवार्ड जितिन्।

८. पियर्स मोर्गन

विवादास्पद स्तम्भकार तथा प्रसारणसँग सन् २०२१ मा शिर्ष स्थानमा आउन उनको उचित हिस्सा थियो । शाही दम्पती ह्यारी र मेघनमा उनको ‘टेक्स’ (विशेषगरी ओपरा स्पेसियलमा मेघनको उपस्थिति र विट्रियल प्रतिक्रिया) ले मोर्गनलाई धेरै नै अनावश्यक ध्यान दिए । 

९. पाउलिना ग्रेट्च्की

द ग्रेट वनकी छोरी पाउलिनाले इन्स्टाग्राममा १० लाखभन्दा बढी फलोअर्स बनाएर मोडलिङ संसारमा आफ्नो नाम कमाएकी छिन् ।

१०. मेघन म्याककेन

‘ब्याड रिपब्लिकन’ ले एउटा पुस्तक जारी गर्यो । म्याककेनका सँगी प्यानलिस्टहरुसँगको दृश्यमा उनको अन्तरक्रियाका कारण र सामाजिक सञ्जालमा भाइरल भइरहेका कारण उनी विवादका लागि अपरिचित भइनन् । उनले आफ्नो ऐतिहासिक २५औँ सिजन सुरु हुनुभन्दा पहिला नै सो छोड्ने घोषणा थिइन् ।