७ मंसिर २०८१, शुक्रबार
,
Latest
कांग्रेसद्वारा मुलुकको आर्थिक अवस्थाबारे सरोकार भएकाहरूबाट सुझाव सङ्कलन रवि र छविलालसहित १० जनाविरूद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश यस्ता छन् मन्त्रीपरिषद् निर्णय- ‘उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग’ मा सदस्य थप देखी बिभिन्न निकायमा… राष्ट्रपति पौडेलसमक्ष तीन देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस प्रधानमन्त्री ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट नेपाललाई विपद् तथा जलवायु परिवर्तन उत्थानशील राष्ट्र बनाउनुपर्नेमा जोड सरकार कफी खेतीको प्रवर्द्धनका लागि प्रतिवद्ध छः कृषिमन्त्री अधिकारी हिमालय एयरलाइन्सबाट ट्राभल एजेन्टहरू न्यूनतम लाभ मार्जिनमा मात्र टिकट बिक्री गर्न निर्देशन आईपीएल मार्च १४ देखि, फाइनल २५ मेमा हुने !
तपाईं के खोज्दै हुनुहुन्छ ?

बरिष्ठ गायिका अल्का याग्निक न्यूरो रोगबाट पीडित, सुन्ने क्षमता गुमाइन्



अ+ अ-

एजेन्सी । बरिष्ठ पार्श्व गायिका अल्का याग्निकलाई दुर्लभ न्यूरो रोग लागेको छ, जसका कारण उनी सुन्न नसक्ने भएकी छन् । गायिकाले हालै सामाजिक सञ्जाल पोस्टमार्फत आफ्नो रोगबारे बताएकी छन् ।

यससँगै गायिकाले आफू लामो समयदेखि निष्क्रिय हुनुको कारण बताइन् । आफ्नो समस्याबारे जानकारी दिँदै अल्काले फ्यान तथा कलाकारलाई चर्को स्वरका गीत संगीतबाट टाढा रहन सुझाव दिएकी छिन् ।

जुन १७ मा आफ्नो इन्स्टाग्राम अकाउन्टमा एक पोस्ट सेयर गर्दै अल्काले लेखेकी छन्, ‘मेरा सबै फ्यान, साथी, फलोअर्स र शुभचिन्तकहरूका लागि । केही हप्ता अघि, जब म एक उडानबाट ओर्लिए, मैले महसुस गरें कि मैले केहि सुन्न सकिनँ । यो घटनाको केही सातापछि अलिकति हिम्मत जुटाएर अहिले म कहाँ हराएको छु भनेर बारम्बार सोधिरहेका मेरा साथीभाइ र शुभचिन्तकहरूलाई यो कुरा सुनाउँदै छु ।’

गायिकाले थप लेखेकी छन्, ‘मेरा डाक्टरहरूले मलाई एक दुर्लभ सेन्सरी नर्भ श्रवणशक्तिको निदान गरेको छ, जुन म भाइरल आक्रमणको कारण पीडित भएको छु । यो अचानक भएको घटनाले मलाई स्तब्ध बनाएको छ । म आफैं यसलाई स्वीकार गर्ने प्रयास गर्दैछु र तपाईं सबैले यस बीचमा तपाईंको प्रार्थनामा मलाई सम्झनुहोस् भन्ने चाहन्छु ।’

पोष्टको अन्त्यमा, अल्काले मानिसहरूलाई चर्को आवाज नसुन्न र हेडफोन कम प्रयोग गर्न सल्लाह दिएकी छिन् ।

उनले लेखेकी छन् , ‘कुनै दिन म मेरो व्यावसायिक जीवनमा मेरो स्वास्थ्यमा परेको हानिको बारेमा अवश्य कुरा गर्नेछु । तपाईको सबै माया र साथले, म मेरो जीवन ट्र्याकमा फर्काउने आशा गर्दछु । फेरि छिट्टै तपाईहरुको सामु आउन चाहन्छु । यस नाजुक अवसरमा तपाईंको समर्थन र समझ मेरो लागि धेरै महत्त्वपूर्ण छ ।’

५८ वर्षीया अल्का बलिउडकी चर्चित पार्श्व गायिका हुन् । २५ भन्दा बढी भाषामा २१ हजारभन्दा बढी गीत रेकर्ड गरिसकेकी अल्काले २ राष्ट्रिय अवार्ड र ७ फिल्मफेयर अवार्ड जितिसकेकी छिन् ।

२०२२ मा, गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सले उनलाई विश्वभर सबैभन्दा धेरै स्ट्रिम गरिएको कलाकारको रूपमा मान्यता दियो ।

सन् १९८० मा रिलिज भएको फिल्म ‘पायल की झंकार’ बाट अल्काले पार्श्व गायिकाको रुपमा डेब्यु गरेकी थिइन् । उनले २०२४ मा रिलिज भएको ‘क्रू’ र ‘अमर सिंह चमकिला’ जस्ता फिल्मका लागि गीत पनि गाएकी छन् ।