१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सङ्घीय संसद्‌का दुवै सदनको चालु अधिवेशन असोज १६ गते मध्यरातिदेखि अन्त्य News Polar महाधिवेशन निर्वाचनपछि पार्टीविरोधी गतिविधि गर्नेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी News Polar नेपाली रुपैयाँका लागि छुट्टै मुद्रा चिह्न बनाउन विपिन आचार्यको माग News Polar सङ्घीय निजामती सेवा विधेयक संसद्‌मा दर्ता News Polar संघीय निजामती सेवा विधेयक संसद्मा, प्रशासन सुधारको बलियो आधार बन्ने मन्त्रीको विश्वास News Polar सभामुखले बोल्न समय दिएपछि सांसद राईको छोटो जवाफ– ‘कुरा त्यही हो हजुर’ News Polar स्वदेशमै उत्पादित रासायनिक मलको खरिद सुनिश्चित गर्न अध्ययन कार्यदल गठन News Polar ‘आफ्नै खेत बगेको भन्दा वडा भवन ढलेकामा दुःख लागेको छ ’ News Polar पुस्तौँको अनुभव अब राष्ट्रको सम्पत्ति : ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ बनाउँदै महिला, बालबालिका मन्त्रालय News Polar ट्रम्पद्वारा भारतीय पाइलटको प्रशंसा News Polar ज्येष्ठ नागरिकलाई ज्ञान र अनुभवको सामाजिक सम्पदाका रूपमा सम्मान गर्नुपर्छ : मन्त्री बादी News Polar जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार लागुऔषध मुद्दाका प्रतिवादी पुनः पक्राउ News Polar दसैँअघि नै बर्दिया–कैलालीका उखु किसानले बक्यौता पाउने News Polar सुनसरीमा ५६४ किलो गाँजासहित सुमो बरामद, चालक फरार News Polar अडियो प्रकरणमा कृषिमन्त्री चौधरी : ‘व्यक्तिगत र पारिवारिक कुनै सम्बन्ध छैन’ News Polar ‘आफ्नै खेत बगेको भन्दा वडा भवन ढलेकामा दुःख लागेको छ ’ News Polar सह–पाइलटको आक्रमणपछि भारतीय पाइलटको प्रशंसा News Polar उपभोक्ताका रोजाइमा साल्ट ट्रेडिङद्वारा सञ्चालित सुपथ मूल्य पसल News Polar एसियाली खेलकुद : जुडोमा पुनम पराजित News Polar स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह

उन्नत बीउ उत्पादनमा सफलता

उन्नत बीउ उत्पादनमा सफलता
अ अ+ अ-

रुपन्देही । झण्डै एक लाख किसानलाई प्रत्यक्ष फाइदा पुर्याएर किसानका लागि उन्नत बीउबिजन कार्यक्रम परियोजना समाप्त भएको छ । परियोजनाद्वारा मङ्गलबार बुटवलमा आयोजित समापन कार्यक्रममा ग्रामीण परिवारको आयआर्जन बढाउन कार्यक्रम सफल भएको जानकारी दिइयो ।

कृषि विकासका लागि अन्तरराष्ट्रिय कोषको आर्थिक सहयोगमा कृषि तथा पशुपक्षी विकास मन्त्रालले गुणस्तरीय बीउबिजनको वितरण तथा कृषि व्यावसायीकरणका माध्यमबाट कृषकको जीवनस्तर उकास्न प्रदेश नं ५ का रुकुमपूर्व, प्यूठान, रोल्पा, गुल्मी, अर्घाखाँची गरी पाँच जिल्ला र प्रदेश ६ को रुकुमपश्चिम र सल्यान मा २६९ उपआयोजना सञ्चालन गरेको थियो ।

कार्यक्रममा प्रदेश ५ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले प्रदेशको कृषि उत्पादन बढाउन किसानलाई अनुदान कार्यक्रम ल्याइएको बताउनुभयो । उहाँले बीउबिजन कार्यक्रमले शुरुआत गरेका राम्रा कामलाई प्रदेश सरकारले निरन्तरता दिने जनाउँदै किसानको हितका लागि कृषि कार्यक्रम सञ्चालन गर्ने उल्लेख गर्नुभयो ।
प्रदेश सरकारले कृषक पाठशाला सञ्चालन गर्न लागेको सो अवसरमा जानकारी दिइएको थियो । कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव तेजबहादुर सुवेदीले परियोजना सकिए पनि किसानको हितमा भएका कार्यक्रमले निरन्तरता पाउने जानकारी दिनुभयो । कार्यक्रमका व्यवस्थापक कौशलकुमार पौडेलले औपचारिक बीउबिजन क्षेत्रको विस्तार, साना पशुपालन किसानको व्यावसायीकरण तथा स्थानीय उद्यमशीलता एवं संस्थागत विकासको माध्यमद्वारा ग्रामीण कृषकको आयस्तर वृद्धि गर्न कार्यक्रम सफल रहेको दाबी गर्नुभयो ।
उहाँले कार्यक्रमको उद्देश्यअनुसार तरकारी, बीउ उत्पादन, नश्ल सुधार, आहार व्यवस्थापन, पशु स्वास्थ्यमा सुधार, बाख्रा एवं दुग्धजन्य क्षेत्रको विकासमा उल्लेख्य सफलता हासिल गरेको बताउनुभयो । कार्यक्रममा रोल्पा जिल्ला समन्वय समितिका संयोजक राजबहादुर बुढा, प्यूठान उद्योग वाणिज्य सङ्घका अध्यक्ष केदारमान कक्षपती, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश नं ५ का वरिष्ठ कृषि विकास अधिकृत विनोद घिमिरे, सुधीर थापालगायतले किसानको जीवनस्तर सुधारमा कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । कार्यक्रममा १९ विभिन्न जिल्लाका उत्कृष्ट अनुदानग्राहीलाई सम्मान तथा नगदसहित पुरस्कृत गरिएको थियो ।