२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व संकलन भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणः बालबालिकासहित १२ जनाको मृत्यु इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान बिहानै मदिराले मातेपछि…
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिग : सिटी र चेल्सी पराजित, आर्सनल बराबरीमा रोकियो



फेडेरिको भन्भर्ड
अ+ अ-

युरोपेली फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको पहिलो लेगमा स्पेनी महारथी रियल म्याड्रिडसँग म्यान्चेस्टर सिटी पराजित भएकोछ ।

रियल म्याड्रिडको गृह मैदान बर्नबाउ स्टेडियममा बुधबार राति भएको खेलमा रियलले ३—० गोल अन्तरले सिटीलाई धुलो चटायो । रियलका लागि फेडेरिको भन्भर्डले ह्याट्रिक गरे । उनले पहिलो हाफको २०, २७ र ४२ मिनेटमा गोल गरेका थिए ।

यो जितपछि सिटीको क्वार्टरफाइनल यात्रा निकै कठिन बन्ने अवस्था सिर्जना भएको छ ।

अर्को खेलमा, फ्रेन्च क्लब पिएसजीले चेल्सीमाथि फराकिलो जित निकालेर क्वार्टरफाइनल नजिक पुगेको छ । पिएसजीले आफ्नो गृह मैदान पार्क डेस प्रिन्सेसमा चेल्सीलाई ५—२ गोल अन्तरले पराजित गरेको छ ।

ब्राड्ली बार्कोलाले पिएसजीका लागि १०औं मिनेटमै पहिलो गोल गरेका थिए । त्यसपछि डेम्बेलेले ४०, भिटिन्हाले ७०, केभिचाले ८६ र ९४औं मिनेटमा गोल गरेका थिए ।

चेल्सीका लागि सान्त्वना गोल मालो गस्टोले २८ तथा एन्जो फर्नान्डेजले ५७ औं मिनेटमा गोल गरेका थिए । यो हारपछि चेल्सीलाई क्वार्टरफाइनल पुग्न निकै संघर्ष गर्नुपर्ने अवस्था भएको छ ।

यसैगरी, यस सिजन च्याम्पियन्स लिगमा उत्कृष्ट प्रदर्शन गरिरहेको आर्सनल भने जर्मन क्लब बायर लिभरकुसेनसँग स्तब्ध भएको छ । लिभरकुसनको गृह मैदान बे—एरिना रंगशालामा भएको खेलमा दुबै टिम १—१ को बराबरीमा रहे ।

उत्कृष्ट खेल प्रदर्शन गरेर आर्सनलमाथि निरन्तर दबाब सिर्जना गरेको लिभरकुसनका लागि ४६औं मिनेटमा रोबर्ट एन्ड्रिकले गोलको खाता खोलेका थिए ।

आर्सनललाई बराबरीमा खेल टुङ्ग्याउन हम्मेहम्मे परिरहेको अवस्थामा ८९औं मिनेटमा आर्सनलले पेनाल्टीको अवसर पाएको थियो । आर्सनलका लागि स्थानापन्न खेलाडी काई हाभार्जले गोल गर्दै टिमलाई बराबरीमा ल्याए ।

खेलका नतिजा संक्षेपमा

आर्सनल vs बायर लिभरकुसेन (१—१)
पिएसजी vs चेल्सी (५—२)
रियल म्याड्रिड vs म्यान्चेस्टर सिटी (३—०)
बोडो vs स्पोर्टिङ (३—०)