१५ श्रावण २०८३, शुक्रबार
,
Latest
तराई–मधेशको अवस्थाबारे राष्ट्रपति पौडेलको पूर्वराष्ट्रपति यादव र पूर्वउपराष्ट्रपति झासँग छलफल सरकार र लघुवित्त पीडितबीच दोस्रो चरणको वार्ता अर्थ मन्त्रालयमा सुरु तराई–मधेस घटनाले राष्ट्रिय समीक्षा आवश्यक बनाएको राप्रपाको निष्कर्ष धनुषाका प्रजिअ लुइँटेलद्वारा सद्भाव कायम गर्न अपिल वीरगञ्जमा आज पनि निषेधाज्ञा मुख्यमन्त्री शाहीद्वारा मधेसले भोगेको घटनाप्रति दुःख व्यक्त गण्डकी प्रदेशसभा बैठक : गाँजा खेतीसम्बन्धी विधेयक पुनः पारित नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रिय सभा अध्यक्षको अपिल सुकुम्बासी बस्ती हटाउँदा प्रभावित बालबालिकाको शिक्षा प्राप्तिमा कुनै कमी हुन दिदैनौ: शिक्षा मन्त्री रोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

एन्फा राष्ट्रिय लिग फुटबल : लालीगुराँस र एनआरटीबीचको खेल बराबरीमा



अ+ अ-

काठमाडौँ। एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा लालीगुराँस एशोसिएसन र न्युरोड टिम (एनआरटी)बीचको खेल बराबरमा सकिएको छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा भएको खेलमा दुवै टोलीले एक/एक गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् । खेलको २६औँ मिनेटमा एनआरटीका कप्तान अञ्जन विष्टले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाए ।

त्यस्तै, खेलको अन्तिम मिनेटमा लालीगुराँसका आशिष गुरुङले गोल गर्दै खेललाई एक/एक गोलको बराबरीमा ल्याए । त्यसपछि खेलमा गोल हुन सकेन र खेल एक/एक गोलको बराबरीमा सकियो ।

यस बराबरीसँगै एनआरटी सातौँ स्थानमै सीमित भएको छ । दश खेलमा एनआरटीले १९ अङ्क जोडेको छ । यता समान १० खेल खेलेको लालीगुराँस २० अङ्क जोड्दै अङ्क तालिकाको चौथो स्थानमा उक्लियो ।  रासस