१५ श्रावण २०८३, शुक्रबार
,
Latest
गृहमन्त्री गुरुङको निर्देशनपछि मधेस र कोशीमा ड्रोनबाट सुरक्षा निगरानी तरलता व्यवस्थापनका निम्ति २५ अर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक प्रधानमन्त्री वालेन्द्र शाहले मधेशका विभिन्न दलका नेतासँग छलफल गर्दै देवानगञ्ज घटनाका पीडितलाई दुई लाख प्रदान गर्ने प्रदेश सरकारको निर्णय धनुषाको जनकपुरधामसहितका क्षेत्रमा जारी निषेधाज्ञा दोस्रो दिन पनि यथावत मन्त्री चौधरीद्वारा व्यावसायिक प्राङ्गारिक मल उत्पादकहरूको विवरण संकलन सुरु सामाजिक सद्भाव कायम राख्न रवि लामिछानेद्वारा धार्मिक अगुवासँग छलफल ब्रड पिक हिमपहिरोमा भेटिएका चार शवमध्ये दुईको पहिचान स्मार्ट टेलिकम प्रकरणमा दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ धनुषामा आज सर्वदलीय सर्वपक्षीय बैठक बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

लागत खर्च घटाएर कृषि उत्पादनमा लाग्नुपर्छ :मन्त्री परियार



फाइल फोटो
अ+ अ-

कैलाली। कृषि तथा पशुपक्षी विकासमन्त्री डा मदनप्रसाद परियारले प्रविधिको प्रयोगमार्फत् कृषि उत्पादनमा लागतखर्च घटाएर उत्पादन र आम्दानी बढाउन सकिने बताउनुभएको छ ।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन इकाइको आयोजनामा आज जानकी गाउँपालिका— ४ मुनुवामा आधुनिक मेसिनद्वारा चैते धान रोपाइँ कार्यक्रमको उद्घाटन गर्दै मन्त्री परियारले प्रविधिको प्रयोगले कृषि उत्पादनमा लागत खर्च पनि कम हुने र बजारीकरणमा पनि सहज हुने बताउनुभयो ।

“अहिले पनि कृषि परम्परागत रूपमै चलिरहँदा यसबाट लागत खर्च बढेको छ”, उहाँले भन्नुभयो, “प्रविधिको प्रयोग बढाउन सकेमा लागत खर्च कम भई उत्पादन वृद्धि गर्न सकिन्छ ।”

परियोजनाले धान रोप्ने मेसिन बिज वृद्धि किसान सहकारी संस्थालाई उपलब्ध गराएको छ । पछिल्ला वर्षमा कैलालीको जोशीपुर, भजनी, जानकी लगायतका क्षेत्रमा चैते धानखेती गरिने क्षेत्रफल विस्तार हुँदै गएको छ ।

बर्खेयाममा हुने डुवानको समस्याले डुवानको समस्या नदेखिने चैत, वैशाख र जेठ महिनामा चेतै धानखेती गर्न थालिएको स्थानीय किसानको भनाइ छ । रासस