३ भाद्र २०८३, बुधबार
,
Latest
चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’ साइबर आक्रमणपछि ओपनएआइद्वारा उन्नत एआई विकासमा लगाम जाम्बियामा विपक्षीको ‘मनमानी’ गिरफ्तारी रोक्न संयुक्त राष्ट्रसङ्घको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्धन अभावले क्युबामा मानवीय सङ्कट गहिरिँदै, स्वास्थ्य सेवा गम्भीर प्रभावित



अ+ अ-

काठमाडाैँ । क्युबामा बढ्दो इन्धन अभावका कारण देश गम्भीर मानवीय संकटतर्फ धकेलिएको भन्दै संयुक्त राष्ट्रसङ्घले चिन्ता व्यक्त गरेको छ ।

संयुक्त राष्ट्रसङ्घका महासचिवका प्रवक्ता स्टेफान दुजारिकका अनुसार इन्धन आयात गर्न नसक्दा क्युबामा ऊर्जा सङ्कट बढ्दै गएको छ, जसले स्वास्थ्य सेवा लगायतका आधारभूत सेवाहरूलाई गम्भीर रूपमा प्रभावित बनाएको छ ।

संयुक्त राष्ट्रसङ्घको मानवीय मामिला समन्वय कार्यालयका अनुसार अस्पतालहरूमा बारम्बार विद्युत् कटौती, अत्यावश्यक औषधिको अभाव तथा महत्वपूर्ण चिकित्सा उपकरण सञ्चालनमा समस्या देखिएको छ । क्यान्सर उपचार, डायलिसिस सेवा, आकस्मिक उपचार, शिशु तथा मातृ स्वास्थ्य सेवा समेत प्रभावित भएका छन् ।

विद्युत् र स्रोतको अभावका कारण करिब १६ हजार क्यान्सर बिरामीलाई रेडियोथेरापी तथा १२ हजारभन्दा बढी बिरामीलाई केमोथेरापी उपचार उपलब्ध गराउन कठिन भएको जनाइएको छ । एम्बुलेन्समा इन्धन अभाव हुँदा आकस्मिक उपचारमा ढिलाइ भइरहेको छ ।

त्यसैगरी, झण्डै १० लाख मानिस ट्याङ्करबाट ल्याइने पानीमा निर्भर रहेको र पानी पम्प गर्ने अधिकांश प्रणाली विद्युत्मा आधारित भएकाले सेवा अवरुद्ध भइरहेको बताइएको छ ।खाद्य आपूर्ति प्रणाली पनि प्रभावित भएको छ । उत्पादनदेखि भण्डारण र वितरणसम्मको प्रक्रियामा समस्या देखिएकाले देशभर आधारभूत खाद्य वस्तुको उपलब्धता घट्दै गएको जनाइएको छ ।

संयुक्त राष्ट्रसङ्घले सदस्य राष्ट्रहरूसँग सहकार्य गर्दै क्युबामा मानवीय सहायता पु¥याउने प्रयास भइरहेको जनाएको छ ।