३ भाद्र २०८३, बुधबार
,
Latest
दश वर्षमा पनि बनेन मनाङमा पुल सप्तधारा संरक्षणसँगै जोगिँदै भोजपुर बजारको ‘ऐतिहासिक पहिचान’ मजपोक–नेटा–अर्मन–किमचौर–ताराखोला सडक: स्तोन्नती गर्न पाँच करोड सुनिश्चित राहुपारेको अस्थायी बस्ती र संरचना हटाइयो यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मछिन्द्र लिगको शीर्ष स्थानमा उक्लियो



अ+ अ-

काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत आजदेखि शुरु भएको तेस्रो चरणको पहिलो खेलमा मछिन्द्र क्लबले फ्रेण्डस क्लबलाई पराजित गर्दै लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएकोे खेलमा मछिन्द्र क्लबले फ्रेण्डस क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै लिगको शीर्ष स्थानमा उक्लिएको हो । जारी लिगमा मछिन्द्रले ६ अङ्क जोडेको छ । यसअघि मछिन्द्रले ब्रिगेड ब्वाइज क्लबलाई २–० ले हराएको थियो भने च्यासल युथ क्लबसँग १–१ को बराबरीमा खेलेको थियो ।

मछिन्द्रको जितमा पिटर सेगुन, एडिलाजा सोमिडे र रेजिन सुब्बाले एक÷एक गोल गरे । खेलको २९औँ मिनेटमा पिटर सेगुनको गोलबाट मछिन्द्रले अग्रता लिएको थियो । रेजिन धिमालको क्रसलाई गोलकिपर देव लिम्बूले पञ्च गर्दै फर्काए पनि त्यही रिबाउन्डमा सेगुनले हेडमार्फत गोल गर्नुभएको थियो ।

त्यस्तै खेलको ५१औँ मिनेटमा एडेलाजाले गोल गर्नुभयो । कप्तान विराज महर्जनको ब्याक पासमा उहाँले गोल गर्नुभएको थियो । त्यसैगरी खेलको ८५औँ मिनेटमा रेजिनले गोल गर्दै मछिन्द्रलाई ३–० को सहज जित दिलाउनुभयो । पराजित फ्रेन्डसले भने अघिल्ला दुई खेलमा हार बेहोरेको थियो । खेलमा मछिन्द्रका विशाल राई म्यान अफ दि म्याच चुनिनुभयो ।