९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद् अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह News Polar काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरोः यातायात प्रभावित News Polar भोटेकोशी बाढी विश्वकै लागि पनि चेतावनी होः प्रधानमन्त्री News Polar बेनी–जोमसोम–कोरला सडकमा राति गाडी चलाउन नपाइने News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल News Polar लगातार वर्षापछि तीन राजमार्गमा यातायात रोक, त्रिभुवन राजपथ सुचारु News Polar शाहको राष्ट्रसंघ सम्बोधनलाई योगेश भट्टराईले दिए सकारात्मक प्रतिक्रिया

संघीयता र समावेशिता मजबुत बनाउन राष्ट्रिय सभाका नवनिर्वाचित सांसदको प्रतिबद्धता

संघीयता र समावेशिता मजबुत बनाउन राष्ट्रिय सभाका नवनिर्वाचित सांसदको प्रतिबद्धता
अ अ+ अ-

काठमाडौँ । नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूले संघीयता र समावेशीतालाई अझ मजबुत बनाउने गरी संसदमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

सोमबार राष्ट्रिय सभा सदस्य पद तथा गोपनीयताको शपथ ग्रहणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाली कांग्रेसका सांसद सुनिल थापा, नेकपा (एमाले)की सांसद रामकुमारी झाँक्री तथा लोकतान्त्रिक समाजवादी पार्टीका सांसद महन्थ ठाकुरले संसदमार्फत प्रभावकारी कानून निर्माण र सुशासन प्रवर्द्धनमा आफूहरू केन्द्रित हुने बताएका हुन्।

कांग्रेसका सांसद सुनिल थापाले मुलुकमा सुशासन स्थापना र भ्रष्टाचार नियन्त्रण अहिलेको प्रमुख एजेन्डा भएको उल्लेख गर्दै त्यसलाई कार्यान्वयन गर्ने खालका कानून निर्माणमा आफूहरू केन्द्रित हुने बताए। उनले संसदलाई थप सक्रिय बनाउँदै देशलाई निकास दिने कानूनी व्यवस्था निर्माणमा जोड दिने धारणा राखे। उनका अनुसार संघीयता र समावेशितालाई संस्थागत रूपमा बलियो बनाउने गरी विधेयकहरू अघि बढाइनेछ।

एमालेकी सांसद तथा पूर्वमन्त्री रामकुमारी झाँक्रीले राष्ट्रिय सभाको जिम्मेवारी, अधिकार र दायित्वलाई ध्यानमा राखेर आफूले सावधानीपूर्वक काम गर्ने बताइन्। उनले सांसदको जिम्मेवारीलाई गम्भीरतापूर्वक लिएको उल्लेख गर्दै संविधानले दिएको अधिकार क्षेत्रभित्र रहेर संसदमार्फत देशलाई निकास दिने दिशामा काम गर्ने धारणा व्यक्त गरिन्।

लोकतान्त्रिक समाजवादी पार्टीका सांसद महन्थ ठाकुरले सांसदहरूको काम प्रत्यक्ष विकास निर्माण गर्ने नभएको भन्दै त्यससम्बन्धी प्रश्नहरू सोधेर अलमल्याउन नहुने बताएका छन्। उनले सांसदको हैसियतमा पाएको जिम्मेवारीलाई इमानदारीका साथ पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे।

हाल राष्ट्रिय सभामा १८ जना नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरिसकेका छन्।