९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह News Polar काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरोः यातायात प्रभावित News Polar भोटेकोशी बाढी विश्वकै लागि पनि चेतावनी होः प्रधानमन्त्री News Polar बेनी–जोमसोम–कोरला सडकमा राति गाडी चलाउन नपाइने News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल News Polar लगातार वर्षापछि तीन राजमार्गमा यातायात रोक, त्रिभुवन राजपथ सुचारु News Polar शाहको राष्ट्रसंघ सम्बोधनलाई योगेश भट्टराईले दिए सकारात्मक प्रतिक्रिया News Polar वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः मन्त्री मेहता News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध

शिक्षा र युवा अभियानबाट संसद् पुगे राजन गौतम

शिक्षा र युवा अभियानबाट संसद् पुगे राजन गौतम
अ अ+ अ-

काठमाडाैँ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का राजन गौतम शिक्षा, युवा नेतृत्व र सामाजिक अभियानमार्फत स्थापित व्यक्तित्वका रूपमा परिचित छन्।

हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा ५० हजार ९४५ मत प्राप्त गर्दै गौतम निर्वाचित भएका हुन् । उनले नेपाली कांग्रेसका बालकृष्ण घिमिरेलाई ३४ हजार ६५२ मतान्तरले पराजित गरेका थिए ।

देवचुली नगरपालिका–१६ रजहर निवासी गौतमको जन्म विसं २०४३ असोज १० गते भएको हो। उनका बुबा पूर्णप्रसाद गौतम र आमा जितकुमारी गौतम छन्। पारिवारिक तथा सामाजिक जीवनसँगै उहाँ लामो समयदेखि सार्वजनिक क्षेत्रमा सक्रिय रहँदै आएका छन् ।

शिक्षालाई समाज रूपान्तरणको आधार मान्ने गौतमले शिक्षाशास्त्र, व्यवस्थापन शास्त्र र राजनीतिशास्त्रमा स्नातकोत्तर तह उत्तीर्ण गरेका छन्। हाल उनी विद्यावारिधि (पिएचडी) अध्ययनरत छन्।

शैक्षिक क्षेत्रमा उनको लामो अनुभव रहेको छ। देवचुली कलेज, रजहरमा विसं २०७१ देखि २०७७ सम्म क्याम्पस प्रमुखका रूपमा कार्यरत रहँदा उनले कलेजको शैक्षिक तथा प्रशासनिक व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

युवा नेतृत्व र उद्यमशीलताका क्षेत्रमा पनि उनी सक्रिय रहेका छन्। युवा प्रतिभा तथा युवा उद्यमी सञ्जालका केन्द्रीय उपाध्यक्ष रहनुभएका गौतम रजहर जेसिज–२०२० का अध्यक्ष तथा नेपाल जेसिजका पूर्वकेन्द्रीय उपाध्यक्ष (२०२१) समेत रहेका छन्। जेसिजमार्फत नेतृत्व विकास, सामाजिक उत्तरदायित्व र युवा सशक्तिकरणका विभिन्न कार्यक्रम सञ्चालन गर्दै उहाँले स्थानीयदेखि राष्ट्रिय स्तरसम्म युवालाई संगठित गर्ने प्रयास गरेका थिए ।

त्यसैगरी, सामुदायिक प्राकृतिक चिकित्सालय रजहरको सञ्चालक समिति सदस्यका रूपमा स्वास्थ्य क्षेत्रमा पनि उनको योगदान रहेको छ। विभिन्न विद्यालयमा शिक्षक तथा शैक्षिक संस्थामा प्रशासनिक जिम्मेवारी सम्हाल्दै उहाँले शिक्षा क्षेत्रसँगको सम्बन्ध निरन्तर कायम राखेका छन् ।

युवा तथा सामाजिक क्षेत्रमा गरेको योगदानका आधारमा उहाँलाई नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयले ‘राष्ट्रिय युवा प्रतिभा सम्मान–२०७८’ प्रदान गरेको थियो।

राजनीतिक रूपमा पनि सक्रिय गौतम राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सभापति रहेका छन्। नयाँ पुस्तालाई राजनीतिमा आकर्षित गर्दै सुशासन, पारदर्शिता र विकासका मुद्दा उठाउँदै आउनुभएका उहाँलाई यसपटक नवलपरासी (बर्दघाट सुस्ता पूर्व)–१ का मतदाताले प्रतिनिधिसभामा पठाएका छन्।

स्थानीय तहदेखि शिक्षा, युवा अभियान र सामाजिक क्षेत्रमा संलग्न रहँदै अनुभव बटुल्नुभएका गौतमले संघीय संसद्मा पुगेर जिल्लाको विकास, रोजगारी सिर्जना र शिक्षा सुधारलाई प्राथमिकतामा राख्ने बताउँदै आएका छन् ।