९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद्: अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह News Polar काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरोः यातायात प्रभावित News Polar भोटेकोशी बाढी विश्वकै लागि पनि चेतावनी होः प्रधानमन्त्री News Polar बेनी–जोमसोम–कोरला सडकमा राति गाडी चलाउन नपाइने News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल

बालेन्द्र शाहले सार्वजनिक गरे निर्वाचन खर्च, कुल १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च

बालेन्द्र शाहले सार्वजनिक गरे निर्वाचन खर्च, कुल १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च
अ अ+ अ-

काठमाडौं । बालेन्द्र शाहले प्रतिनिधि सभा सदस्य निर्वाचनका क्रममा गरेको खर्च विवरण सार्वजनिक गरेका छन्। प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ तथा निर्वाचन आचारसंहिता अनुसार उनले आफ्नो निर्वाचन खर्चको विवरण निर्वाचन आयोगमा पेश गरेका हुन्।

जिल्ला निर्वाचन कार्यालयमार्फत बुझाइएको विवरण अनुसार उनले प्रतिनिधि सभा सदस्य पदका लागि भएको निर्वाचनमा कुल १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च गरेको उल्लेख गरेका छन्।

खर्च विवरणमा दुई वटा सवारी साधन १५ दिन प्रयोग गर्दा इन्धनसहित २ लाख ९३ हजार ८ सय रुपैयाँ खर्च भएको उल्लेख छ। त्यस्तै पाँच पटक हवाई यात्रा गर्दा २५ हजार रुपैयाँ खर्च गरिएको विवरणमा जनाइएको छ।

मतदाता प्रशिक्षण कार्यक्रमका क्रममा ५८ जनाका लागि खाजामा २८ हजार ९७० रुपैयाँ खर्च गरिएको छ। १५ दिनसम्म सञ्चालन गरिएको घरदैलो अभियान अन्तर्गत वडा स्तरीय प्रचार कार्यक्रमका लागि ५ लाख ८० हजार रुपैयाँ खर्च भएको विवरणमा उल्लेख गरिएको छ।

त्यसैगरी नमुना मतपत्र छपाइका लागि ४९ हजार ८५० रुपैयाँ खर्च गरिएको छ। झापा–५ क्षेत्रीय निर्वाचन कार्यालय सञ्चालनका लागि दुई महिनासम्म पानी खर्चमा १ लाख २० हजार रुपैयाँ र स्टेशनरी खर्चमा २२ हजार ८२० रुपैयाँ खर्च गरिएको विवरणमा जनाइएको छ।

प्रचार–प्रसार सामग्रीतर्फ झण्डा र व्याज छपाइमा १ लाख ५७ हजार ४१ रुपैयाँ तथा ब्यानर र स्टिकर छपाइमा १ लाख १९ हजार ८०८ रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ। साथै मनोनयन दर्ता शुल्कका रूपमा १० हजार रुपैयाँ खर्च भएको विवरणमा समेटिएको छ।

उक्त खर्च विवरण उम्मेदवारका निर्वाचन प्रतिनिधि नविन भण्डारीमार्फत २०८२ फागुन २५ गते जिल्ला निर्वाचन कार्यालयमा बुझाइएको जनाइएको छ।