९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar पहिरोसहित रुख ढलेर अवरुद्ध सिद्धार्थ राजमार्ग सुचारु News Polar बीसौँ एसियाली खेलकुदः नेपालसामु १०३ रनको लक्ष्य News Polar त्रिशूली नदीले सडकको जग कटान गरेपछि कुरिनटारमा पृथ्वी राजमार्ग भासियो News Polar ढोरपाटनमा सिकार याम सुरुः दश नाउर र सात झारलका लागि अनुमति News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar राष्ट्रसंघमा बालेनको सम्बोधनले नेपालको आवाज विश्वमञ्चमा पुगेको क्रान्तिशिखाको भनाइ News Polar कान्ति राजमार्ग अवरुद्धः पहिरो र अव्यवस्थित ढल निकासका कारण सडक जोखिममा News Polar आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद्: अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह News Polar काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरोः यातायात प्रभावित

कञ्चनपुर–२ मा १५ उम्मेदवारको जमानत जफत

कञ्चनपुर–२ मा १५ उम्मेदवारको जमानत जफत
अ अ+ अ-

काठमाडाैँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवारी दिएका १९ मध्ये १५ जनाको जमानत जफत भएको छ ।

निर्वाचन अधिकृत प्रकाशबहादुर भण्डारीका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ (१) बमोजिम कुल सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसके उम्मेदवारको जमानत जफत हुने व्यवस्था रहेको छ । सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसक्दा राजनीतिक दलका ११ र स्वतन्त्र चार जना उम्मेदवारको जमानत जफत भएको हो ।

जमानत जफत हुने उम्मेदवारमा राष्ट्रिय प्रजातन्त्र पार्टीका तीर्थराज चटौतले एक हजार ९९३, जनमत पार्टीका रामचन्द्र भट्टले १२५, नेपाल मजदुर किसान पार्टीका सीताराम रानाले ७२ तथा राष्ट्रिय जनमोर्चाका रामबहादुर कार्कीले १९५ मत प्राप्त गरेका छन् ।

त्यसैगरी, प्रगतिशील लोकतान्त्रिक पार्टीका धर्मानन्द जोशीले १९५, संयुक्त नागरिक पार्टीका खडक तम्राकारले ३२, मितेरी पार्टी नेपालका तेजबहादुर बडवालले १८ तथा नेपाली कम्युनिष्ट पार्टी (माओवादी) का लोकेन्द्रबहादुर विकले १४३ मत प्राप्त गरेका छन् ।

उज्यालो नेपाल पार्टीका योगेन्द्रबहादुर साउदले ९३, नागरिक उन्मुक्ति पार्टी नेपालकी प्रेमवती रानाले ५६० र आम जनता पार्टीका जग्गु चौधरीले ३७ मत ल्याए पनि जमानत जोगाउन सकेनन् ।

स्वतन्त्र उम्मेदवारतर्फ वीरेन्द्र रानाले ८१, भानुभक्त बोहराले २६, सिद्धराज जोशीले १९ तथा हरिशबहादुर भट्टले ४४ मत प्राप्त गरेका छन् । उहाँहरूको पनि जमानत जफत भएको छ ।

यस निर्वाचन क्षेत्रमा भने चार दलका उम्मेदवारले मात्र जमानत जोगाउन सफल भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार दीपकराज बोहरा ३३ हजार ९५२ मत ल्याउँदै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका नारायणप्रकाश साउदले १० हजार ८२७ मत प्राप्त गरेका छन् । नेकपा (एमाले)का बचनबहादुर सिंहले ६ हजार ४१८ मत ल्याउँदै तेस्रो स्थान हासिल गर्दा नेपाली कम्युनिष्ट पार्टीका माधव पन्तले ६ हजार ३३७ मतसहित चौथो स्थान प्राप्त गरेका छन् ।

कञ्चनपुर–२ मा कुल ६५ हजार ३४७ मत खसेको थियो । तीमध्ये ६१ हजार ११७ मत सदर भएको छ भने चार हजार २३० मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसैबिच, कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा पनि नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार तथा सुदूरपश्चिम प्रदेशसभाका पूर्व मानबहादुर सुनारको धरौटी जफत भएको छ ।

कञ्चनपुर–३ मा ५३ हजार ५१५ मत सदर भएकामा धरौटी जोगाउन पाँच हजार ३५२ मत आवश्यक थियो । तर सुनारले चार हजार २८४ मत मात्र प्राप्त गरेपछि उनको धरौटी जफत भएको हो । उक्त निर्वाचन क्षेत्रमा सुनारसहित १४ जनाको धरौटी जफत भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस क्षेत्रमा १७ जना उम्मेदवार प्रतिस्पर्धामा रहेकामा राष्ट्रिय स्वतन्त्र पार्टीका ज्ञानेन्द्रसिंह महताले २७ हजार ११८ मत ल्याउँदै विजयी भएका छन् । विजयी उम्मेदवारसहित चार जनाले मात्र धरौटी जोगाउन सकेका छन् ।