९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद्: अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह News Polar काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरोः यातायात प्रभावित News Polar भोटेकोशी बाढी विश्वकै लागि पनि चेतावनी होः प्रधानमन्त्री News Polar बेनी–जोमसोम–कोरला सडकमा राति गाडी चलाउन नपाइने News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल

काभ्रेका अधिकांश उम्मेदवारले जमानत समेत जोगाउन सकेनन्

काभ्रेका अधिकांश उम्मेदवारले जमानत समेत जोगाउन सकेनन्
अ अ+ अ-

काभ्रेपलाञ्चोक। बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा काभ्रेको उम्मेदवारी दिएकामध्ये ८५ प्रतिशत उम्मेदवारको जमानत जफत हुने भएको छ ।

जिल्लाका २ क्षेत्रका ४२ उम्मेदवारमध्ये ३५ जनाको जमानत जफत हुने भएको हो । जिल्लाका कूल उम्मेदवारमध्ये कतिपयले १० मतसमेत कटाउन सकेनन् । काभ्रेमा तीन लाख २६ हजार ६११ मतदाता छन् । यद्यपि जिल्लाका दुवै क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी भएका छन् । काभ्रे–१ मा १८ उम्मेदवारमध्ये १४ उम्मेदवारको जमानत जफत भएको छ । यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवारबाहेक सबै उम्मेदवारको जमानत जफत भएको हो ।

कूल एक लाख ६१ हजार एक सय मतदाता रहेको यस क्षेत्रमा ९१ हजार १०१ मत खसेको थियो । त्यसमध्ये ८७ हजार १२४ मत सदर तथा चार हजार ९७७ मत बदर भयो । यस क्षेत्रका सात उम्मेदवारले १०० मतसमेत कटाउन सकेनन् । जनता समाजवादी पार्टी नेपालका मानबहादुर तामाङले ७१, नेपाल मजदुर किसान पार्टीका राजु तामाङले ५२ र प्रगतिशील लोकतान्त्रिक पार्टीका ज्ञानेन्द्रकुमार श्रेष्ठले ५६ मत पाए ।

समावेशी समाजवादीका विनोद लामाले ५० मत, नेशनल रिपब्लिकन नेपालका भरत तामाङले ३५ मत, स्वतन्त्र उम्मेदवार जीवन लामाले ९४ तथा स्वतन्त्र उम्मेदवार युवराज चौलागाईंले सात मत प्राप्त गरेका थिए ।

यस क्षेत्रका समावेशी समाजवादीका विनोद लामा यौनिक अल्पसङ्ख्यक उम्मेदवार हुन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका नवराज सत्यालले ६९९ मत, श्रम संस्कृति पार्टीका धीराज लामाले २८७ मत, मङ्गल नेशनल अर्गनाइजेसनका कमलबहादुर लामाले १५६ मत, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का कान्छा तामाङले १४९, संयुक्त नागरिक पार्टीका रत्न लामाले ११४ तथा स्वतन्त्र उम्मेदवार राजेशकुमार श्रेष्ठले १६९ मत प्राप्त गरेका छन् ।

यस क्षेत्रमा रास्वपाका मधुकुमार चौलागाईंले २९ हजार ६९८ मत प्राप्त गरेर विजयी हुनुभएको छ । कांग्रेसका गुणराज मोत्तानले १९ हजार १६६, नेकपाका दिनानाथ गौतमले १४ हजार १८४ र एमालेका अमी तामाङले १३ हजार ८१४ मत प्राप्त गर्नुभएको छ । यस क्षेत्रमा उज्यालो नेपाल पार्टीका योगेन्द्र लामाले सात हजार ४०३ मत प्राप्त गरे पनि जमानत भने जोगाउन सकेनन् ।

यसैगरी कूल एक लाख ६५ हजार ५११ मतदाता रहेको क्षेत्र नं २ मा एक लाख चार हजार ६४२ मत खसेको थियो । त्यसमध्ये ९९ हजार ५८० मत सदर तथा पाँच हजार ६२ मत बदर भएको थियो । निर्वाचन क्षेत्रमा जम्मा सदर मतको दश प्रतिशतभन्दा कम मत पाउने उम्मेदवारको धरौटी जफत हुने प्रावधान अनुसार यस क्षेत्रमा २४ उम्मेदवारमध्ये २१ जनाको जमानत जफत हुने भएको छ ।
यस क्षेत्रका विजयी उम्मेदवार रास्वपाका बदन भण्डारी, नेपाली कांग्रेसका मधुप्रसाद आचार्य र एमालेका अशोक व्याञ्जूबाहेक सबै उम्मेदवारको जमानत जफत भएको छ । यस क्षेत्रमा नेकपाका उम्मेदवार बसुन्धरा हुमागार्इंले आठ हजार १०७ मत प्राप्त गर्दा जमानत भने जोगाउन सकेनन् । यस्तै उज्यालो नेपाल पार्टीका उम्मेदवार ज्योत्सना सैंजुले तीन हजार ७४९ तथा राप्रपाका रञ्जीव श्रेष्ठले एक हजार १२५ मत प्राप्त गर्दा जमानत जोगिएन ।

यसैबीच जिल्लास्थित मुख्य निर्वाचन कार्यालयको मत परिणामअनुसार अधिकांश उम्मेदवारले ५० मतसमेत कटाउन नसकेका हुन् । मतपरिणामअनुसार सबैभन्दा कम मत पाउने स्वतन्त्र उम्मेदवारमा केशवराज तिमिल्सिनाले ४, लेनिन विष्टले ८, गणेशप्रसाद अधिकारीले ११, विष्णुकुमार श्रेष्ठले १३, डिल्ली न्यौपानेले ३१, आशा तामाङले ५९ तथा मितेरी पार्टी नेपालका उम्मेदवार हरिबहादुर थापाले १०, नेशनल रिपब्लिकन नेपाल पार्टीका सुकमान तामाङले १५, सीताराम मैनालीले २१, उमेश थापाले २६, मङ्गोल नेशनल अर्गनाइजेसनका उमेश लामाले २८, नेकपा संयक्तका राजन थापाले ३२, जनता समाजवादी पार्टीका रकम लामाले ३२, राष्ट्रिय जनमोर्चाका सुवर्णविक्रम थापाले ३९ मत प्राप्त गरेका हुन् ।

यस क्षेत्रको निर्वाचनमा रास्वपाका भण्डारीले ५३ हजार ३४४ मत ल्याई फराकिलो अन्तरले विजयी भने कांग्रेसका आचार्यले १७ हजार ८६८ र नेकपा एमालेका अशोक ब्याञ्जूले १३ हजार ९४० प्राप्त गरेका थिए । रासस