९ भाद्र २०८३, मंगलवार
,
Latest
राष्ट्रिय सभाको शुन्य समयः कुटनीतिक रिक्ततादेखि जनस्वास्थ्य र पूर्वाधारका समस्यासम्म सरकारको ध्यानाकर्षण नेपाल विशेष सेवा ऐन जगाउने विधेयक दफावार छलफलका लागि विधायन समितिमा पठाइयो राष्ट्रिय सभामा सांसदहरूको आक्रोशः बालिका बलात्कार र हत्याका दोषीलाई कडा कारबाही गर्न माग हरित ऊर्जामा आधारित सवारी साधनको प्रवद्र्धन आजको अनिवार्य आवश्यकता : उपराष्ट्रपति यादव अर्थतन्त्रको ‘रि–इञ्जिनियरिङ’ आवश्यक, अटोमोबाइल क्षेत्रलाई हेर्ने दृष्टिकोण बदल्न सरकारसँग मागः अध्यक्ष श्रेष्ठ नयाँ ‘ट्याक्स पोर्टल’ आज सार्वजनिक हुँदै अर्थमन्त्री वाग्लेको सूचना प्रविधि क्षेत्रका स्टार्टअपसँग छलफल प्रतिनिधि सभा बैठक स्थगित, बुधबार दिउँसो १ बजे बस्ने पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान कोशी कटानबाट बराहक्षेत्र जोगाउन विस्तृत अध्ययनपछि नदी नियन्त्रणका कार्यक्रम अघि बढाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कास्कीमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो



अ+ अ-

गण्डकी। प्रतिनिधिसभा सदस्यको निर्वाचनमा कास्की जिल्लामा समानुपातिकतर्फ पनि राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो बनेको छ ।

यसअघि जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ निर्वाचन जितेको उक्त पार्टी समानुपातिकतर्फ पनि पहिलो बनेको हो । जिल्लामा तीनवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले कूल एक लाख १३ हजार ६२८ मत प्राप्त गरेको प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिनुुभयो ।

नेपाली कांग्रेसले २८ हजार ६५६ मत प्राप्त गरेको छ भने नेकपा (एमाले) ले २४ हजार १९९ मत प्राप्त गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले छ हजार ४६६ मत, नेपाली कम्युनिष्ट पार्टीले पाँच हजार ७६३ मत, श्रम संस्कृति पार्टीले तीन हजार ५६४ मत र राष्ट्रिय परिवर्तन पार्टीले एक हजार ७२ मत प्राप्त गरेको छ ।

जिल्लामा कूल तीन लाख नौ हजार ५६३ मतदाता रहेकोमा एक लाख ९१ हजार ४२५ मत खसेको थियो । त्यसमध्ये सदर मत एक लाख ८६ हजार ७२४ र बदर मत चार हजार ६९८ रहेको प्रदेश निर्वाचन कार्यालय पोखराले जनाएको छ ।  रासस




भर्खरै