९ भाद्र २०८३, मंगलवार
,
Latest
प्रधानमन्त्रीकाे चस्माबारे सांसद शाहीको टिप्पणी : ‘कालो होस् कि सेतो, काम गरे भइहाल्यो’ वर्षासँगै देशभरका विभिन्न सडकखण्ड अवरुद्ध स्वर्णजयन्ती विशेष ‘नाडा अटो साे २०२६’ काठमाडौँमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन राष्ट्रियसभाबाट विशेष सेवा ऐनसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले पारित प्रधानमन्त्रीसँग फोहोर व्यवस्थापनबारे छलफल गर्ने मेयर्स फोरमको निर्णय,सांसद तामाङको ‘दुर्व्यवहार’ बारे पनि ध्यानाकर्षण गराउने गण्डकी प्रदेश सरकारबाट बाहिरिने एमालेको निर्णय कालो चस्मा लगाउनुपर्ने स्वास्थ्य समस्या भन्दै संसद् सचिवालयमा प्रधानमन्त्री बालेनले बुझाए मेडिकल रिपोर्ट ठेक्कापट्टामा अड्किएका गण्डकीका विकास आयोजना : वर्षौँ बित्दा पनि अधुरै गाईजात्रा नजिकिएसँगै भक्तपुरमा ताहासाका लागि बाँसको व्यापार बढ्यो सुनचाँदीको मूल्य घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुर्खेत–२ को समानुपातिकतर्फ रास्वपा पहिलो



अ+ अ-

कर्णाली। सुर्खेत–२ को समानुपातिक निर्वाचन प्रणाली बमोजिम भएको मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो भएको छ ।

निर्वाचन आयोग नेपाल कर्णाली प्रदेश कार्यालय सुर्खेतका सूचना अधिकारी नन्दराम चौलागाईंका अनुसार समानुपातिकतर्फ रास्वपाले ३३ हजार ६९९ मत प्राप्त गरी पहिलो भएको हो । नेपाली कांग्रेसले १४ हजार ३२० मत प्राप्त गरी दोस्रो स्थान सुरक्षित गरेको छ ।

समानुपातिकतर्फ नेकपा (एमाले)ले १२ हजार ६२, नेपाली कम्युनिष्ट पार्टीले चार हजार २८९, श्रम संस्कृति पार्टीले दुई हजार २७१ र राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई हजार १२५ मत प्राप्त गरी क्रमश तेस्रो, चौथो र पाँचौँ बनेको सूचना अधिकारी चौलागाईंले जानकारी दिनुभयो ।

एक लाख २८ हजार ४६७ कूल मतदाता रहेको उक्त क्षेत्रमा ७३ हजार ११३ मत खसेको थियो । ७० हजार ४४२ मत सदर हुँदा दुई हजार ६७१ मत बदर भएको र समानुपातिकतर्फ सो क्षेत्रमा ५७ दलहरूले भाग लिएको कर्णाली प्रदेश निर्वाचन कार्यालय सुर्खेतले जनाएको छ । रासस




भर्खरै