३ भाद्र २०८३, बुधबार
,
Latest
दश वर्षमा पनि बनेन मनाङमा पुल सप्तधारा संरक्षणसँगै जोगिँदै भोजपुर बजारको ‘ऐतिहासिक पहिचान’ मजपोक–नेटा–अर्मन–किमचौर–ताराखोला सडक: स्तोन्नती गर्न पाँच करोड सुनिश्चित राहुपारेको अस्थायी बस्ती र संरचना हटाइयो यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

ढोरपाटन महिला भलिबल १६ माघदेखि सुरु



अ+ अ-

ढोरपाटन क्लबको आयोजनामा हुने ढोरपाटन महिला डबल भलिबल लिगको १५औँ संस्करण आगामी माघ १६ गतेदेखि सुरु हुने भएको छ । ढोरपाटन क्लबले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता माघ १६ देखि २८ गतेसम्म हुने जानकारी दिएको हो । लिगमा काठमाडौं का ८ र उपत्यका बाहिरका ४ गरी कुल १२ टिमले प्रतिस्पर्धा गर्नेछन् । नेपाली महिला भलिबलकै सर्वाधिक नगद पुरस्कार राशिको ढोरपाटन लिगको कुल बजेट ५१ लाख रहेको आयोजकले जनाएको छ ।

जसमा विजेताले ४ लाख ५ हजार, उपविजेताले २ लाख ५ हजार र तेस्रो हुनेले १ लाख ५ हजार पाउनेछन् । यस्तै चौथोले ७५ हजार, पाँचौँले ५५ हजार र छैटौँले ४५ हजार नगद पाउनेछन् । यस्तै उत्कृष्ट ३ खेलाडीले स्कुरटर प्राप्त गर्नेछन् भने एक जना भाग्यमानी दर्शकले मोटरसाइकल प्राप्त गर्नेछन् । ग्रेट अचिभमेन्ट अवार्ड स्वरुप एक खेलाडीले पनि मोटरसाइकल पाउनेछन् । लिगको उत्कृष्ट खेलाडी, वर्ष खेलाडी र उदयमान खेलाडीले भने स्कुटर पाउनेछन् ।

विभागीय टोली एपीएफ यस लिगको साविक विजेता हो । अहिलेसम्म एपीएफले सर्वाधिक ६ पटक उपाधि जित्दा पोखराको ज्ञानुबाबाले ५ पटक, नेपाल पुलिस त्रिभुवन आर्मी र रिड कलेजले १(१ पटक उपाधि जितेका छन् । राष्ट्रिय खेलकुद परिषद्को समन्वय, नेपाल भलिबल संघको संयोजकत्व रहेको लिगलाई सान मिगलले मुख्य प्रायोजन गरेको छ । यस्तै युएम स्कुटीको सहप्रायोजन छ ।