४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि

बुटवल ब्लास्टर्सलाई हराउँदै विराटनगर फाइनलमा

बुटवल ब्लास्टर्सलाई हराउँदै विराटनगर फाइनलमा
अ+ अ-

विराटनगर टाइटन्स दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) को फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको खेलमा बुटवल ब्लास्टर्सलाई २१ रनले हराउँदै फाइनलमा पुगेको हो । पोखरा रंगशालामा जितका लागि १ सय ६६ रनको लक्ष्य पछ्याएको बुटवलले निर्धारित २० ओभरमा अलआउट हुँदै १ सय ४४ रन बनायो । ओपनर अफ्ताबुद्दीन अहमदले आक्रामक ब्याटिङ गर्दै राम्रो सुरुआत दिलाएका थिए । स्पिनर साहब आलमको पाँचौँ ओभरको पाँचौं बलमा ठूला सट खेल्ने क्रममा बिट हुन पुग्दा अहमद ४३ रनमा बोल्ड आउट हुन पुगे ।

उनले २२ बलमा ६ चौका र २ छक्का प्रहार गरे । पहिलो विकेटका लागि अहमद र शंकर रानाले ५३ रनको साझेदारी गरेका थिए । अफ्ताबुद्दीनले व्यक्तिगत २८ रनमा जीवनदान पाएका थिए । किशोर महतोको तेस्रो ओभरको चौथो बलमा ठूलो सट खेलेका अफ्ताबुद्दीनलाई लङ स्टपमा नोमन खानले क्याच छाड्न पुगेका थिए । शंकरलाई छैटौँ ओभरको पहिलो बलमा जितेन्द्र मुखियाले ४ रनमा साहब आलमबाट क्याच आउट गराए । सातौँ ओभरको चौथो बलमा साहबले जितेन्द्रबाट हर्ष टोन्कलाई २ रनमा क्याच गराए ।

साहबले ११ औँ ओभरको चौथो बलमा शिवम सिंहलाई वैकल्पिक फिल्डिर दीपेश श्रेष्ठबाट १४ रनमा क्याच लिएका थिए । १६ औँ ओभरको दोस्रो बलमा पुरन बिक १५ रनमा रन आउट हुन पुगे । १७ औँ ओभरको अन्तिम बलमा किशोर महतोले सट थर्ड म्यानमा पुनितबाट भीम सार्कीलाई ४४ रनमा क्याच आउट गराएपछि खेल रोमान्चक बनेको थियो । भीमले ३४ बलमा ३ चौका र २ छक्का प्रहार गरे । १८ औैँ ओभरको पहिलो बलमा मोहम्मद जैद आलमले साम्सद शेखलाई शून्यमा बोल्ड आउट गरेपछि बुटवलको जित कठिन बनेको थियो ।

जितेन्द्र मुखियाले १९ औँ ओभर मेडन फ्याँकेपछि खेल विराटनगरको पकडमा गएको थियो । अन्तिम ओभरको पहिलो बलमा कप्तान सोमपाल कामी ५ रनमा क्याचआउट भए । स्पिनर साहब आलमले ४ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए । पुनित मेहेराले पनि ३ तथा किशोर महतो, जैद आलम र जितेन्द्र मुखियाले १÷१ विकेट लिए । त्यसअघि पोखरा रंगशालामा टस हारेर ब्याटिङ थालेको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६५ रन बनाएको थियो ।

कप्तान प्रदीप ऐरीले तल्लोक्रममा आक्रामक ब्याटिङ गर्दै १३ बलमा १ चौका र ४ छक्का सहित ३३ रनमा अविजित रहे । अन्तिम ओभरमा प्रदीपले अभिनास बोहरालाई २ छक्का र १ चौका सहित कुल १९ रन बटुलेका थिए । ओपनर सुनिल धमलाले सर्वाधिक ६१ रनको योगदान दिए । १७ औँ ओभरको तेस्रो बलमा धमलालाई हर्ष टोन्कले भीम सार्कीबाट क्याच गराए । धमलाले ५४ बलमा ६ चौका र २ छक्का प्रहार गरे । धमलाले ४८ बलमा अर्ध शतक पूरा गरेका थिए । ओपनर मोहम्मद जैद आलम र सुनिल धमलाले ३९ रनको साझेदारी गर्दै मध्यम सुरुआत दिलाएका थिए ।

छैटौँ ओभरको तेस्रो बलमा एक रन लिने क्रममा भीम सार्कीले सिधै स्टम्प ताकेपछि आलम २० रनमा पेभिलिएन फर्किनु परेको थियो । आलमले १३ बलमा ३ चौका प्रहार गरे । हर्ष टोन्कको ११ औँ ओभरको पहिलो बलमा ठूलो सट खेल्नेक्रममा लोकेश बम स्टेटमा सोमपाल कामीबाट १९ रनमा क्याच आउट भए । लोकेशले १६ बलमा २ छक्का प्रहार गरे । धमला र पुनित मेहराले तेस्रो विकेटका लागि ५७ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए ।

पुनितलाई १८ औँ ओभरको अन्तिम बलमा अभिनास बोहराले १९ रनमा बोल्ड आउट गरे । १९ औँ ओभरको चौथो बलमा ललितसिंह भण्डारीले नोमन खानलाई शून्यमा क्याच आउट गराए । पुनितले २१ बलमा २ चौका प्रहार गरे । बुटवलका हर्ष टोन्कले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिए । अभिनास बोहरा र ललित सिंह भण्डारीले १/१ विकेट लिए । फाइनल शनिबार हुने छ । लिग चरणका पाँचै खेलमा जितसहित पारस खड्का कप्तान रहेको चितवन राइनोज अपराजित रहँदै स्वतः फाइनलमा पुगेको थियो ।