९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद्: अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह News Polar काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरोः यातायात प्रभावित News Polar भोटेकोशी बाढी विश्वकै लागि पनि चेतावनी होः प्रधानमन्त्री News Polar बेनी–जोमसोम–कोरला सडकमा राति गाडी चलाउन नपाइने News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल

शान्तिपूर्ण निर्वाचन सम्पन्न गरेकोमा अर्थमन्त्री खनालद्वारा निर्वाचन आयोगको प्रशंसा

शान्तिपूर्ण निर्वाचन सम्पन्न गरेकोमा अर्थमन्त्री खनालद्वारा निर्वाचन आयोगको प्रशंसा
अ अ+ अ-

काठमाडौं । अर्थ, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री रामेश्वर खनालले प्रतिनिधि सभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराएकोमा निर्वाचन आयोगलाई धन्यवाद व्यक्त गरेका छन् ।

मन्त्री खनाल आइतबार निर्वाचन आयोगको कार्यालय पुगेर आयोगका पदाधिकारीसँग भेट गरी धन्यवाद प्रकट गरेका हुन् । उनले निर्वाचन हुनुभन्दा दुई दिन अघिसम्म पनि चुनाव हुन्छ कि हुँदैन भन्ने अनिश्चितता र जोखिमपूर्ण वातावरण रहेको स्मरण गर्दै जटिल परिस्थितिका बीच पनि आयोगले तय गरिएको कार्यतालिकाभित्रै निर्वाचन सम्पन्न गराएको बताए । उनका अनुसार यस्तो कठिन अवस्थामा पनि दृढ इच्छाशक्तिका साथ काम गरेकोले निर्वाचन सफलतापूर्वक सम्पन्न भएको हो र यसको सम्पूर्ण श्रेय निर्वाचन आयोगलाई जान्छ।

उनले जोखिमपूर्ण घडीमा आयोगले निर्वाह गरेको नेतृत्वदायी भूमिकाको उच्च प्रशंसा गरे । निर्वाचनका क्रममा सुरक्षा संयन्त्र तथा सरोकारवाला निकायहरूबिचको सहकार्य प्रभावकारी भएका कारण यसपटक कतै पनि हातपात, बुथ कब्जा वा फर्जी मतदानजस्ता गतिविधि नभएको उनको भनाइ थियो।

मन्त्री खनालले अन्तर्राष्ट्रिय समुदायले समेत यस निर्वाचनलाई ऐतिहासिक रूपमा शान्तिपूर्ण मानेको उल्लेख गर्दै कुनै पनि स्थानमा निर्वाचन स्थगित नगरी तोकिएकै दिन सम्पन्न हुनु ठूलो उपलब्धि भएको बताए । उनले उम्मेदवार तथा राजनीतिक दलहरूले देखाएको मित्रवत व्यवहार र स्वच्छ प्रतिस्पर्धाले लोकतन्त्रलाई अझ मजबुत बनाएको धारणा व्यक्त गरे ।

निर्वाचन घोषणा भएको समयदेखि नै विभिन्न प्रकारका आशंका र विवादहरू उठेको स्मरण गर्दै उनले मौसम प्रतिकूल हुने, चन्द्रग्रहण पर्ने, कतिपय स्थानमा मतदान सम्भव नहुने जस्ता प्रश्नहरू पनि उठेको बताए। तर निर्वाचन आयोगले घोषणा गरेको कार्यतालिकाबाट पछि नहट्ने अडान लिएर सरकार र सुरक्षा निकायसँग सहकार्य गर्दै सफलतापूर्वक निर्वाचन सम्पन्न गराएको उनले उल्लेख गरे ।

उनका अनुसार यसपटकको निर्वाचन केवल सरकार गठनका लागि मात्र नभई सुशासन र भ्रष्टाचारविरुद्धको आन्दोलनलाई संस्थागत गर्ने उद्देश्यले पनि महत्वपूर्ण थियो। त्यसैले विभिन्न जोखिमका बाबजुद आयोग, सुरक्षा संयन्त्र र सरकारले समन्वय गरेर निर्वाचनलाई सफल बनाएको उनहाँको भनाइ थियो।

यसैबीच गृहमन्त्री ओमप्रकाश अर्याल, कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हा पनि आयोगको कार्यालय पुगेर धन्यवाद व्यक्त गरे ।त्यस्तै नेपाल प्रहरी प्रमुख दानबहादुर कार्की र सशस्त्र प्रहरी बलका प्रमुख राजु अर्यालले पनि शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गराएकोमा आयोगलाई धन्यवाद दिए ।