३ भाद्र २०८३, बुधबार
,
Latest
दश वर्षमा पनि बनेन मनाङमा पुल सप्तधारा संरक्षणसँगै जोगिँदै भोजपुर बजारको ‘ऐतिहासिक पहिचान’ मजपोक–नेटा–अर्मन–किमचौर–ताराखोला सडक: स्तोन्नती गर्न पाँच करोड सुनिश्चित राहुपारेको अस्थायी बस्ती र संरचना हटाइयो यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सागमा रजत जितेका महिला ह्यान्डबल टोली सम्मानित



अ+ अ-

परेली क्याटरिङ प्रा.ल. ले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा रजत पदक जित्न सफल नेपाली महिला ह्यान्डबल टोलीलाई बिहीबार सम्मान गरेको छ । श्री सैनिक तालिम तथा डक्ट्रिन महा निर्देशकका उप रथी शशिचन्द्रबहादुर सिंह तथा नेपाल ह्यान्डबल संघका सल्लाहकार संयोजक समेत रहेका परेलीका प्रबन्ध निर्देशक विश्व बम मल्लले १६ खेलाडी, २ प्रशिक्षक र १ व्यवस्थापकलाई प्रशंसा पत्र प्रदान गरी सम्मान गरे ।

सम्मानित हुने खेलाडीमा बन्दना राई, उमा राई, कविता राई, संगिता चौधरी, आइत ल्हमु शेर्पा, अर्चना न्यौपाने, बविता श्रेष्ठ, देवकुमारी बाँस्तोला, दुर्गा बोहरा, झिनमाया थापा, कल्पना ओली, निशा राई, रामकुमारी चौधरी, रञ्जना राई, शान्तिकला राई र सारदा विक छन् ।

प्रशिक्षकमा कृष्ण शाक्य र विन्दा थापा तथा व्यवस्थापकमा शान्ति थापा सम्मानित भए । सोही अवसरमा ह्यान्डबल मुख्य प्रशिक्षक हिमाल दाहाललाई पनि सम्मान गरियो । पोखरामा भएको ह्यान्डबलको फाइनलमा नेपाल भारतसंग पराजित भएको थियो ।