१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

युनाइटेडको सहज जित



अ+ अ-

इन्ग्लिश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले सहज जित निकालेको छ । बिहिबार राति भएको खेलमा न्युकासल युनाइटेडलाई ४–१ गोलको फराकिलो अन्तरले युनाइटेडले पराजित गरेको हो । खेलको १७ औं मिनेटमा माथ्यु लङस्टाफले गोल गर्दै न्युकासललाई अग्रता दिलाएका थिए । तर, एन्थोनी मार्सियलले २४ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई खेलमा फर्काए ।

३६ औं मिनेटमा मासोन ग्रीनउडले गोल गर्दै युनाइटेडलाई २–१ को अग्रता दिलाए । मार्कोस राष्फोर्डले ४१ औं मिनेटमा गोल गर्दा युनाइटेडको अग्रता ३–१ को बन्यो । त्यसपछि खेलको ८१ औं मिनेटमा मार्सियलले व्यक्तिगत दोस्रो गोल गर्दै युनाइटेडलाई ४१ को जित दिलाए ।

जितसँगै युनाइटेडले १९ खेलमा २८ अंक जोडेको छ । युनाइटेड लिगको सातौं स्थानमा रहेको छ । २५ अंक जोडेको न्युकासल दशौँ स्थानमा रहेको छ ।