१३ भाद्र २०८३, शनिबार Saturday, August 29, 2026
१३ भाद्र २०८३, शनिबार
ताजा खबर
News Polar बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता News Polar सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले News Polar भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार News Polar कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने News Polar भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग News Polar तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला News Polar परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता News Polar स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन News Polar नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु News Polar राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता News Polar चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार News Polar बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल प्रहरी News Polar बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत News Polar रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल News Polar कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव News Polar परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता News Polar भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल News Polar बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील News Polar नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन News Polar गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो

जेनजी आन्दोलन जाँचबुझ प्रतिवेदन कार्यान्वयन नगरे फेरि अर्को आन्दोलन हुनसक्छः गौरीबहादुर कार्की

गोली हान्ने र हान्न लगाउने सबैलाई कारबाहीको सिफारिस

जेनजी आन्दोलन जाँचबुझ प्रतिवेदन कार्यान्वयन नगरे फेरि अर्को आन्दोलन हुनसक्छः गौरीबहादुर कार्की
अ+ अ-

काठमाडाैँ । जेनजी प्रदर्शनका क्रममा भएका घटनाहरूको जाँचबुझ गर्न गठित आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ ।

आयोगका संयोजक गौरीबहादुर कार्कीले प्रतिवेदन तत्काल सार्वजनिक गरी कार्यान्वयनमा नलगे युवाहरूको अर्को आन्दोलन उठ्नसक्ने भन्दै सरकारलाई चेतावनी दिएका हुन्। मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री र मन्त्रीहरूकै अगाडि आफूले प्रतिवेदन सार्वजनिक गर्न आग्रह गरेको संयोजक कार्कीले बताए ।

उनले भने,”प्रतिवेदन कार्यान्वयनमा गएन र सार्वजनिक गरिएन भने जेन–जीका युवाहरूको फेरि अर्को आन्दोलन आउन सक्छ । त्यसकारण त्यो सामना गर्न तयार हुनुहोस् र यो सार्वजनिक गर्नुहोस् भनेर मैले भनिदिएको छु ।”

गोली हान्ने र हान्न लगाउने सबैलाई कारबाहीको सिफारिस

आयोगले प्रदर्शनका क्रममा २३ र २४ गते भएका घटनाको सुक्ष्म छानबिन गरेको जनाएको छ । २३ गते किशोरहरूको ज्यान जाने गरी भएको घटनामा संलग्न सबैलाई कानूनी कारबाहीको दायरामा ल्याउन सिफारिस गरिएको कार्कीले जानकारी दिए। दोषीहरूको नाम भने प्रतिवेदन सार्वजनिक भएपछि मात्रै खुल्ने उनले बताए ।

चुनावको नतिजा कुरेका होइनौँ, कसैलाई बचाउन खोजिएको छैन

प्रतिवेदन बुझाउन ढिलाइ भएको विषयमा सञ्चारमाध्यममा आएका विभिन्न अड्कलबाजीलाई संयोजक कार्कीले खारेज गरे। कसैलाई बचाउन वा चुनावको नतिजा कुरेर प्रतिवेदन बुझाउन ढिला नगरिएको उनले प्रस्ट पारे ।

उनले भने,”इलेक्सनको रिजल्ट हामीले कुरेको होइन, त्यससँग हामीलाई केही मतलब छैन । कसैलाई कारबाहीबाट बचाउन खोजिएको भन्ने कुरा पनि सत्य होइन, जो दोषी देखिएका छन् उनीहरूलाई कारबाहीको सिफारिस गरेका छौँ । अहिले हामीलाई के महशुस भयो भने यदि हाम्रो रिपोर्ट अगाडि नै सकिएको भए त्यसले चुनावलाई नै असर पथ्र्यो कि भन्ने कुरा पनि यहाँ आएको छ ।”

देश, जनता र सहिदहरूको पक्षमा काम गरेको भन्दै उहाँले यस प्रक्रियामा आफूहरूलाई कुनै डर वा अप्ठ्यारो नरहेको र पूर्ण सन्तोष रहेको बताए । सरकारले जाँचबुझ आयोग ऐनअनुसार घटनाको सत्यतथ्य पत्ता लगाउन र दोषी उपर कारबाहीको सिफारिस गर्न उक्त आयोग गठन गरेको थियो ।