९ भाद्र २०८३, मंगलवार
,
Latest
हर्मुजमा छ महिनामा ६८ समुद्री घटना सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना पुरुष क्रिकेटः मलेसियाले नेपाललाई दियो २३३ रनको लक्ष्य कांग्रेसको विवाद समाधान महाधिवेशन रोक्नु होइन, विश्वसनीय बनाउनु हो : देवराज चालिसे फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै पाँचवर्षे कार्ययोजना अघि बढाइएको छ : अर्थमन्त्री वाग्ले नुवाकोटको किस्पाङ गाउँपालिकाकाे भेडा फार्म : पर्यटकको आकर्षणदेखि बरुवाल भेडाको संरक्षणसम्म प्रधानमन्त्रीकाे चस्माबारे सांसद शाहीको टिप्पणी : ‘कालो होस् कि सेतो, काम गरे भइहाल्यो’ वर्षासँगै देशभरका विभिन्न सडकखण्ड अवरुद्ध स्वर्णजयन्ती विशेष ‘नाडा अटो साे २०२६’ काठमाडौँमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कैलाली–४ मा रास्वपाका कोइराला विजयी



अ+ अ-

काठमाडाैँ । कैलाली ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का खेमराज कोइराला प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।

गतबिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणामअनुसार रास्वपाका कोइरालाले २८ हजार ५५६ मत प्राप्त गर्दै विजयी भएको निर्वाचन अधिकृतको कार्यालयका निर्वाचन अधिकृत हरिप्रसाद आचार्यले बताए ।

उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोरखबहादुर विष्टले ११ हजार ३०१ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाल कम्युनिष्ट पार्टीका (नेकपा)का लेखराज भट्टले नौ हजार ४४४, नेपाली कम्युनिष्ट पार्टीका हरिराम चौधरीले पाँच हजार ६०९ र राष्ट्रिय प्रजातन्त्र पार्टीका कमल रजवारले एक हजार ३५८ मत प्राप्त गरेका हुन्।

एक लाख १५ हजार १४३ मतदाता रहेको कैलाली–४ मा प्रत्यक्षतर्फ ६१ हजार ९४१ मत खसेको निर्वाचन अधिकृत आचार्यले जानकारी दिए। त्यसमा सदर मत ५८ हजार २८३ र बदर मत तीन हजार ६५८ रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ




भर्खरै