९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’ News Polar पहिरोसहित रुख ढलेर अवरुद्ध सिद्धार्थ राजमार्ग सुचारु News Polar बीसौँ एसियाली खेलकुदः नेपालसामु १०३ रनको लक्ष्य News Polar त्रिशूली नदीले सडकको जग कटान गरेपछि कुरिनटारमा पृथ्वी राजमार्ग भासियो News Polar ढोरपाटनमा सिकार याम सुरुः दश नाउर र सात झारलका लागि अनुमति News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar राष्ट्रसंघमा बालेनको सम्बोधनले नेपालको आवाज विश्वमञ्चमा पुगेको क्रान्तिशिखाको भनाइ News Polar कान्ति राजमार्ग अवरुद्धः पहिरो र अव्यवस्थित ढल निकासका कारण सडक जोखिममा News Polar आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद्: अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह

देशभरका निर्वाचन क्षेत्रमा मतगणना जारी, मुगुमा ढुवानी समस्याका कारण ढिलाइ

देशभरका निर्वाचन क्षेत्रमा मतगणना जारी, मुगुमा ढुवानी समस्याका कारण ढिलाइ
अ अ+ अ-

काठमाडाैँ । प्रतिनिधि सभा सदस्यको निर्वाचन पश्चात देशभरका अधिकांश निर्वाचन क्षेत्रमा मतगणना कार्य जारी रहेको छ। निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जी.सी. का अनुसार मुगु जिल्ला बाहेक अन्य ७६ जिल्लामा मतगणना भइरहेको छ।

उहाँले बताउनुभयो कि भौगोलिक विकटताका कारण मुगुमा मतपेटिका ढुवानीमा ढिलाइ भएको थियो र शनिबार विहान मात्रै ढुवानी कार्य सकिएको छ। हाल सर्वदलीय बैठक बसिरहेको र अपरान्ह ४ बजेदेखि मतगणना सुरु हुने जानकारी प्राप्त भएको छ।

सङ्खुवासभा र गोरखा जिल्लामा पनि मतपेटिका शनिबार विहान मात्रै हेलिकप्टरमार्फत ढुवानी गरिएको छ। ती दुवै जिल्लामा मतगणना अहिले सुरु भइसकेको छ।

निर्वाचन आयोगका अनुसार मतगणनासँगै परिणाम आउने क्रम पनि जारी छ। हालसम्म आयोगको प्रणालीमा ५४ जिल्लाको मतपरिणाम प्राप्त भइसकेको छ। सहायक प्रवक्ताले अपेक्षा व्यक्त गर्नुभयो कि शनिबार साँझसम्म धेरै निर्वाचन क्षेत्रको परिणाम सार्वजनिक हुने छ भने, केही निर्वाचन क्षेत्रको अन्तिम परिणाम आईतबार साँझसम्म सार्वजनिक गरिसक्ने सम्भावना छ।

समानुपातिकतर्फको मतगणना पनि प्रत्यक्षतर्फको मतगणना सम्पन्न भएका क्षेत्रहरूमा सँगसँगै भइरहेको छ। अहिलेसम्म देशभरबाट करिब तीन लाख मत समानुपातिकतर्फ गन्न सकिएको छ।

सहायक प्रवक्ता कुलबहादुर जी.सी.ले भने, “हालसम्म देशभरका सबै निर्वाचन क्षेत्रमा मतगणना कार्य जारी छ। मुगु जिल्ला बाहेक सबै क्षेत्रमा मतगणना सुरु भइसकेको छ। मतगणनासँगै परिणाम आउने क्रम पनि जारी छ। समानुपातिकतर्फ अहिलेसम्म करिब तीन लाख मतगणना भइसकेको छ।”