९ भाद्र २०८३, मंगलवार
,
Latest
प्रधानमन्त्रीकाे चस्माबारे सांसद शाहीको टिप्पणी : ‘कालो होस् कि सेतो, काम गरे भइहाल्यो’ वर्षासँगै देशभरका विभिन्न सडकखण्ड अवरुद्ध स्वर्णजयन्ती विशेष ‘नाडा अटो साे २०२६’ काठमाडौँमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन राष्ट्रियसभाबाट विशेष सेवा ऐनसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले पारित प्रधानमन्त्रीसँग फोहोर व्यवस्थापनबारे छलफल गर्ने मेयर्स फोरमको निर्णय,सांसद तामाङको ‘दुर्व्यवहार’ बारे पनि ध्यानाकर्षण गराउने गण्डकी प्रदेश सरकारबाट बाहिरिने एमालेको निर्णय कालो चस्मा लगाउनुपर्ने स्वास्थ्य समस्या भन्दै संसद् सचिवालयमा प्रधानमन्त्री बालेनले बुझाए मेडिकल रिपोर्ट ठेक्कापट्टामा अड्किएका गण्डकीका विकास आयोजना : वर्षौँ बित्दा पनि अधुरै गाईजात्रा नजिकिएसँगै भक्तपुरमा ताहासाका लागि बाँसको व्यापार बढ्यो सुनचाँदीको मूल्य घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुम्लामा राप्रपाका ज्ञानबहादुर शाही विजयी



अ+ अ-

काठमाडाैँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जुम्लाबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उमेदवार ज्ञानबहादुर शाही विजयी भएका छन्। यससँगै राप्रपाले यस पटकको निर्वाचनमा जितको खाता खोलेको छ।

शनिबार फागुन २३ गते दिउँसो सार्वजनिक गरिएको अन्तिम मत परिणामअनुसार शाहीले निकटतम प्रतिस्पर्धी नरेश भण्डारी लाई दुई हजार ९४२ मतान्तरले पराजित गरेका हुन्। शाहीले कुल १४ हजार ६५ मत प्राप्त गर्दा भण्डारीले ११ हजार १२३ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

निर्वाचनमा दीपबहादुर शाही ६ हजार ६६४ मतसहित तेस्रो स्थानमा रहेका छन्। त्यस्तै शान्तीलाल महत ४ हजार २८८ मत प्राप्त गर्दै चौथो स्थानमा सीमित भए।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीकी उमेदवार विनीता कठायतले ३९८ मत प्राप्त गरेकी छन्।

 




भर्खरै