१४ असार २०८३, आईतवार
,
Latest
मदन भण्डारीको ७५औँ जन्मजयन्ती: ओली ,दहाल ,नेपाल, खनाल र यादब एउटै मञ्चमा उपस्थित हुदै ‘कर्णाली क्रिकेट कप–२०८३’ आजदेखि मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै कोशीमा भारी वर्षाको सम्भावना, चार दिनभित्र देशभर मनसुन फैलिने यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कैलाली-५ मा रास्वपाका चन्द निर्वाचित



अ+ अ-

काठमाडाैँ । प्रतिनिधिसभा सदस्यको निर्वाचनमा कैलाली क्षेत्र नं. ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार आनन्दबहादुर चन्द निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृत भुवनसिंह थापाका अनुसार चन्दले ३१ हजार नौ सय ५३ मत प्राप्त गरेका छन् ।

त्यस्तै, नेपाली कांग्रेसका नरनारायण शाहले ११ हजार नौ सय ५८ मत, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार प्रेमबहादुर आलेले सात हजार आठ सय ७६ मत र नेकपा (एमाले) का उम्मेदवार यज्ञराज ढुङ्गानाले पाँच हजार आठ सय ३९ मत प्राप्त गरेका छन् ।

कैलाली-५ मा कुल मतदाता सङ्ख्या एक लाख १० हजार पाँच सय ३९ रहेकोमा ६५ हजार सात सय ५२ मत खसेको थियो ।