११ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशीमा पुन: बाढीको जोखिम, नदी थुनिएर ताल बनेको प्रारम्भिक सूचना रसुवा बाढीः वीरमा पाँच र ट्रमा सेन्टरमा १८ घाइतेको उपचार हुँदै बाढी प्रभावित क्षेत्रको अवस्थाबारे सभामुख अर्यालद्वारा सचिवालयसँग छलफल जलवायु विपद्सँग जुध्न नेपाल, भारत र चीनबीच सहकार्य आवश्यक : रास्वपा सभापति लामिछाने सरकारी कोषमा रकम जम्मा गर्दा कारोबार सीमा नलाग्ने रसुवा बाढी प्रभावितका लागि गोर्खा ब्रुअरीले दियो १० करोड बाढीपहिरो प्रभावित क्षेत्रमा दूरसञ्चार सेवा पुनःस्थापनामा जुट्यो नेपाल टेलिकम, ६० साइट सञ्चालनमा आउन बाँकी भोटेकोशीको बाढीः रोल्पाका १६ व्यक्ति सम्पर्कविहीन भोटेकोशी बाढीः कैलालीका ४० जना सम्पर्कविहीन रसुवासहित प्रभावित क्षेत्रमा दूरसञ्चार सेवा पुनःस्थापना, निःशुल्क सुविधा थप तीन दिन
तपाईं के खोज्दै हुनुहुन्छ ?

 जेनजी आन्दोलनको मर्मअनुसार काम गर्ने उत्तमप्रसाद पौडेलको प्रतिबद्धता



अ+ अ-

काठमाडौँ । कास्की निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका उत्तमप्रसाद पौडेलले जेन–जी आन्दोलनको मर्मअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएको प्रमाणपत्र ग्रहण गर्ने क्रममा उनले निर्वाचनले दिएको जनादेशलाई नेपाली जनता र देशको हितमा प्रयोग गर्ने बताएका हुन् । देशलाई निकास दिनु आजको मुख्य आवश्यकता भएको उल्लेख गर्दै पौडेलले सबै पक्षलाई समेटेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

उनले आफूलाई मत दिने र नदिने सबै नागरिकको प्रतिनिधित्व हुनेगरी काम गर्ने पनि बताए ।

पौडेलले भने, “जित–हार फरक कुरा हो, तर देशलाई निकास दिनु आजको आवश्यकता हो। जेन–जी आन्दोलनपछि भएको यो निर्वाचनले दिएको जनादेशको मर्म बुझेर आम नेपाली नागरिक र नेपालको हितमा काम गर्नेछु। मतदान गर्ने सम्पूर्ण मतदातालाई धन्यवाद दिन चाहन्छु। जसले मतदान गर्नुभएन, उहाँहरूको पनि प्रतिनिधित्व हुनेगरी आगामी पाँच वर्ष काम गर्ने प्रतिबद्धता जनाउँछु।”

कास्की क्षेत्र नम्बर २ मा पौडेलले ३१ हजार ९११ मत प्राप्त गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । उनले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)की रश्मि आचार्यले ७ हजार ४९३ मत प्राप्त गरेका हुन्।

यसैगरी नेपाली काँग्रेसका माधवप्रसाद बाँस्तोलाले ६ हजार ५००, राप्रपाका हेमजङ गुरुङले १ हजार ६४३, नेपाल कम्युनिष्ट पार्टीका हेमबहादुर थापा पराजुलीले १ हजार २७६ र उज्यालो नेपाल पार्टीका कुशल गुरुङले १ हजार २०१ मत प्राप्त गरेका छन्।

उक्त निर्वाचन क्षेत्रमा कुल ५२ हजार ५१९ मत खसेको थियो।