३ भाद्र २०८३, बुधबार
,
Latest
दश वर्षमा पनि बनेन मनाङमा पुल सप्तधारा संरक्षणसँगै जोगिँदै भोजपुर बजारको ‘ऐतिहासिक पहिचान’ मजपोक–नेटा–अर्मन–किमचौर–ताराखोला सडक: स्तोन्नती गर्न पाँच करोड सुनिश्चित राहुपारेको अस्थायी बस्ती र संरचना हटाइयो यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

ज्लाटन पुन: एसी मिलानमा



अ+ अ-

स्वीडेनका पूर्व अन्तर्राष्ट्रिय स्टार भेट्रान फरवार्ड ज्लाटन इब्राहिमोभिच इटालियन सिरि ‘ए’ क्लब एसी मिलानमा फर्किएका छन् । अर्को सिजन विकल्प रोज्न सक्ने प्रावधानसहित उनी पुनः एसी मिलान पुगेका हुन् । ८ वर्षे ज्लाटनले यसअघि माल्मो, आयाक्स, युभेन्टस, इन्टर मिलान, बार्सिलोना, एसी मिलान, पीएसजी, म्यानचेस्टर युनाइटेड र एले ग्यालेक्सीका ३८ वर्षे भेट्रान स्टार ईब्राहिमोभिचले सिरि ‘ए’ क्लबसँग ६ महिनाको सम्झौता गरेका हुन् ।

मिलानको आधिकारिक ट्वीटर ह्यान्डलबाट ‘आइ जेट इज कमिङ’ भन्दै ट्वीट गरेका छन् । ‘म धेरै सम्मानका साथ क्लबमा फर्किएको छु । मिलानको सहरलाई म निकै प्रेम गर्छु ।’ सम्झौतापछि इभ्राहिमोभिचले भने, ‘क्लबको अवस्थालाई बदल्न टिमसँग मिलेर म लड्नेछु । जसलाई सम्भव बनाउन म सबै चिज गर्नेछु ।’

इभ्राहिमोभिच स्वास्थ्य परीक्षणपछि जनवरी २ मा मिलानमा टिमसँग जोडिनेछन् ।’ इभ्राहिमोभिचले गत नोभेम्भरमा अमेरिकी मेजर लिग सकरको सिजनको अन्त्यसँगै एलए ग्यालेक्सी छाडेका थिए । इभ्रााहिमोभिचले २०१० देखि २०१२ सम्म एसी मिलानमा रहँदा ८५ खेलमा ५६ गोल गरेका थिए ।