१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल जिम्न्याष्टिक संघको अध्यक्षमा ध्रुवबहादुर प्रधान



अ+ अ-

नेपाल जिम्न्याष्टिक संघको शनिबार सम्पन्न चुनावी साधारण सभाले ध्रुवबहादुर प्रधानलाई निर्विरोध अध्यक्षमा चयन गरेको छ । २०७५ साल माघ ९ गते अस्तित्वमा रहेका दुई जिम्न्याष्टिक संघ एकीकरण भएपछि चुनाव भएको हो । त्यसबेला प्रधानकै अध्यक्षतामा जिम्न्याष्टिक संघ एकीकरण गरी पुनर्गठन गरिएको थियो । एकीकरणअघि नेपाल ओलम्पिक कमिटीका पूर्व अध्यक्ष प्रधान नेतृत्वको संघलाई अन्तर्राष्ट्रिय तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य–सचिव किशोरबहादुर सिंह नेतृत्वको संघलाई राष्ट्रिय मान्यता थियो ।

प्रधानको अध्यक्षतमा साधारण सभाले २९ सदस्यीय केन्द्रीय कार्यसमिति पनि निर्विरोध चयन ग¥यो । एकीकरणपछि सह–अध्यक्ष भएका किशोरबहादुर सिंह त्यही पदमा यथावत् रहे । सात उपाध्यक्षमा दीपककृष्ण प्रजापति, राजेश खड्का, बाबुराम थापा, गीता क्षेत्री, अरुणकुमार राठी, सुशिलप्रकाश प्रधान र मोहनराज भट्ट रहेका छन् । मुकुन्दराज शर्मालाई पुनः महासचिवकै जिम्मेवारी दिइयो भने प्रमिला सिंह श्रेष्ठ र वचन देउजाले सचिव, सुनिलमान सिंले कोषाध्यक्ष तथा डा. कुस्मिला आचार्यले सह–कोषाध्यक्षको जिम्मेवारी पाए ।

रामप्रसाद बस्याल, पर्मेश्वर जोशी, हरि पाण्डे, सूर्यबहादुर अधिकारी, प्रवीण उप्रेती, योगेन्द्र गुरुङ, शंकरप्रसाद पौडेल, डा। सानु कुमार, पूर्णमान वज्राचार्य, खगेन्द्रप्रसाद अधिकारी, विष्णुनारायण ग्वाछा, सन्देश मानन्धर, राजेशमान श्रेष्ठ, अनिलचन्द्र वज्राचार्य र शैलैन्द्र श्रेष्ठ सदस्यमा चयन भए । साधारणसभाको युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार ९विश्वकर्मा० ले एक कार्यक्रमबीच उद्घाटन गरेका थिए ।

राखेपअन्तर्गत खेलकुद विकास विभागका प्रमुख समेत रहेका प्रमुख निर्वाचन अधिकृत डेमबहादुर बस्नेतले पदाधिकारीहरुलाई शपथ खुवाउनुका साथै प्रमाण पत्र प्रदान गरे । जिम्न्याष्टिक संघ १४ औं संघका रुपमा राखेपमा २०३७ सालमा दर्ता भएको थियो । जिम्न्याष्टिक खेल भने नेपालमा २०२७ सालदेखि खेल्न सुरु गरिएको बताइएको छ ।