४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि

लिगमा तेस्रो चरणका खेल सम्पन्न

लिगमा तेस्रो चरणका खेल सम्पन्न
अ+ अ-

काठमाडौं । नेपाली फुटबलको मेरुदण्ड मानिएको सहिद स्मारक ए डिभिजन लिग राजधानीमा जारी छ । १४ क्लबले दशरथ रंगशाला र अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा खेलिरहेका छन् । तेस्रो चरणका खेल सम्पन्न हुँदा साविक च्याम्पियन मनाङ मस्र्याङ्दी स्पष्ट जितका लागि तालिकाको शीर्ष स्थानमा छ ।

साढे चार वर्ष पछि दशरथ रंगशालमा फुटबल खेल फर्किए पनि रौनक पनि फर्किएको छैन् । दक्षिण एयिाली खेलकुद सागमा दर्शककले उल्लेख्य सहभागिता जनाउँदै नेपाली यु–२३ टोलीलाई साथ दिए । तर लिगमा भने साथ शून्य प्राय छ । तेस्रो चरणका खेल सम्पन्न भइसकेका छन् । साविकको च्याम्पियन मनाङले सम्पन्न तीन खेल मध्य सबै खेलमा जित निकाल्दै ९ अंकका साथ शीर्ष कायम राखेको छ । ललितपुरे टोली थ्रीस्टार पनि अपराजित छ । २ खेलमा जित र एक खेलमा बराबरी खेलको थ्री स्टार ७ अंकका साथ तालिको दोस्रो स्थानमा छ ।

यता राष्ट्रिय टोलीका खेलाडीले भरिएको मच्छिन्द्र पनि जारी लिगमा अर्को अपराजित टोली हो । दुई खेलमा जित र एक खेलम बराबरी खेलकाले मच्छिन्द्र ६ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ । गणितिय समिकरणमा ७ अंक भए पनि यस अघि सम्पन्न रेलिगेशन विनाको लिगमा मच्छिन्द्र पुछारबाट दोस्रो स्थानमा रहँदै एक अंक घटेको हो । समान ६ अंक भएको आर्मी गोल अन्तरका आधारमा तालिकाको चौथौ स्थानमा छ । आर्मीले भने दुई खेलमा जित र एक खेलमा पराजय भोगेको छ ।

तालिकाको पुछारमा रहेका टोलीद्वय सरस्वती युथ क्लब र फ्रेन्ड्स क्लबले सम्पन्न सबै खेलमा नतिजा सुम्पिएका छन् भने अन्य टोलीले मिश्रित नतिजा हात पारेका छन् ।

जारी लिगमा च्यासल युथ क्लबका स्ट्राइकर सन्तोष साहुखला सर्वाधिक तीन गोल गर्ने खेलाडीको सूचीको शीर्ष स्थानमा छन् । उनको क्लब च्यासलले सम्पन्न तीन खेल मध्ये एक खेलमा जित, एक खेलमा बराबरी र एक खेलमा नतिजा सुम्पिएको छ । उनी लगाएत पुराना अनुहारले जारी लिगमा क्लबबाट प्रतिनिधित्व गरिरहेका छन् । अस्ट्रेलिया बस्दै आएका पूर्व राष्ट्रिय खेलाडी जगजीत श्रेष्ठ मनाङबाट खेल्न नेपाल फर्किएका छन् भने नेपाल पुलिसका रविन श्रेष्ठलेले पुलिस टिममा शुक्रबारको खेलबाट कमब्याक गरेका छन् । यस अघि उनी खुट्टाको चोटका कारण मैदान बाहिर थिए । यस्तै लिगमा नयाँ खेलाडी पनि मौका पाएका छन् भने केही खेलाडीले प्रमाणि गर्ने अवसर पनि पाएका छन् ।

अघिल्लो संस्करणमा नदेखिएको रौनकता खेलाडीमा दखिए पनि दर्शकको नजरमा अझै परेको छैन् । एन्फाले दर्शकलाई आकर्षित गर्न विदेश भ्रमण देखी राष्ट्रिय टोलीसँग डिनरको अफर ल्याएको छ । तर पनि दर्शकको उपस्थिति न्युन छ । आयोजका एन्फा पनि लिगको रौनकतालाई त्यति राम्रोसँगै प्रचार प्रसार गर्न सकेको छैन् । दशरथ रंगशालमा खेलहरु सञ्चालन गरे पनि फाटफुटले मात्र लिग हेर्न आएका छन् ।

लिगमा अब चौथो चरणका खेल सोमबारबाट हुनेछन् । चौथो चरणका सबै खेल एन्फा मुख्यालयमा हुने एन्फाले जनाएको छ ।