४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि

एक्सेल्सियरलाई फुटबलमा दोहोरो उपाधि

एक्सेल्सियरलाई फुटबलमा दोहोरो उपाधि
अ+ अ-

काठमाडौं । आयोजक द एक्सेल्सियर स्कुलले आठौं एक्सेल्सियर कपअन्तर्गत फुटबलमा शुक्रबार दोहोरो उपाधि जितेको छ । एक्सेल्सियर ब्वाइज÷गल्र्सको यु–१६ उमेरसमूहमा पहिलो भयो । यु–१२ ब्वाइजमा फाइनल पुगे पनि एक्सेल्सियर चुक्यो ।

स्वयम्भूस्थित घरेलु मैदानमा भएको यु–१६ ब्वाइज फाइनलमा एक्सेल्सियरले महामञ्जुश्रीलाई १–० गोलले पराजित ग¥यो । धीरज जोशीले निर्णायक गोल गरे । यु–१६ गल्र्सको उपाधि भिडन्तमा एक्सेल्सियरले ग्यालेक्सीलाई १–० गोलले नै हरायो । एफ्रोजा श्रेष्ठले गोल गरिन् । यु–१२ ब्वाइज फाइनलमा किड्स लर्निङले एक्सेल्सियरलाई ५–० गोलअन्तरले पाखा लगायो । किड्स लर्निङका कुलदेव तितुङले ह्याट्रिक तथा युकेश नेगीले २ गोल गरे ।

यु–१२ ब्वाइजमा जोएल लामा, यु–१६ गल्र्समा श्रीदिना अधिकारी र यु–१६ ब्वाइजमा धीरज जोशी उत्कृष्ट खेलाडी घोषित भए । उत्कृष्टत्रय एक्सेल्सियरका हुन् । यु–१२ ब्वाइजमा किड्स लर्निङका संकल्प विष्ट, यु–१६ गल्र्समा एक्सेल्सियरकी दिपिना लामा र यु–१६ ब्वाइजमा एक्सेल्सियरकै दिपायन पोखरेल उत्कृष्ट गोलरक्षक चुनिए ।
यु–१२ ब्वाइजमा १६, यु–१६ ब्वाइजमा १२ र यु–१६ गल्र्समा ८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । गल्र्स फुटबल पहिलो पटक समावेश गरिएको हो ।

यस्तै आठौं एक्सेलिल्सयर कपअन्तर्गत बास्केटबलको सिनियर ब्वाइजमा रेडिअन्ट, सिनियर गल्र्समा स्वर्णिम र जुनियर ब्वाइजमा सेब च्याम्पियन बने ।

सिनियर ब्वाइज फाइनलमा रेडिअन्टले न्यु जेनिथलाई ६१–५० ले पाखा लगाउदै उपाधि रक्षा गर्यो । रेडिअन्टका उपेन्द्र बस्नेतले २९ अंक जोडे ।
सिनियर गल्र्समा स्वर्णिमले सिद्धार्थ बनस्थलीलाई ३६–१८ ले पन्छ्याउदै पहिलो भयो । स्वर्णिमकी मोहिनी लोप्चनले २० स्कोर गरिन् । सेब र महामञ्जुश्रीबीचको जुनियर ब्वाइज उपाधि भिडन्तमा सेब २६–१९ ले विजयी भयो । सेबका कुमार तामाङले ९ अंक जोडे ।

फाइनलका सर्वाधिक स्कोरकर्तात्रय उपेन्द्र, मोहिनी र कुमार आ–आफ्नो विधामा ‘मोस्ट भेलुएबल प्लेयर’ ठहरिए । विजेतालाई पूर्व सांसद् गीता क्षेत्री, काठमाण्डौ महानगरपालीकाका प्रबक्ता तथा १५ नं वडाका अध्यक्ष ईश्वरमान डंगोल , बडा सदस्य आनन्द गौतम ,एक्सेल्सियरकी अध्यक्ष शितल राणा, एक्सेल्सियरका प्रिन्सिपल प्रशान्त रजक, प्रतियोगिता संयोजक महेश मल्ल ठकुरीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । बास्केटबलको सिनियर र जुनियर ब्वाइजमा समान १२–१२ तथा सिनियर गल्र्समा १३ टिम सहभागी थिए ।