१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बास्केटबल प्रतियोगितामा सीसीआरसी च्याम्पियन



अ+ अ-

काठमाडौं । सीसीआरसी चौथो रोजबड प्लस टु छात्र बास्केटबल प्रतियोगितामा आइतबार च्याम्पियन बनेको छ । सीसीआरसी लगातार तेश्रोपटक च्याम्पियन बनेको हो । सुरुको संस्करणमा पनि सीसीआरसी फाइनलमा पुगेको थियो । त्यसमा भने सीसीआरसी चुक्यो । चारै संस्करणको फाइनल खेल्ने सीसीआरसी एक्लो टिम हो ।

बुद्धनगरस्थित रोजबड स्कुलद्वारा आयोजित प्रतियोगिताको फाइनलमा सीसीआरसीले टाइम्स इन्टरनेसनललाई ६२–५७ ले पराजित ग¥यो । सीसीआरसीका बुद्ध रोकाले १९ अंक जोडे । टाइम्सका पेम्बा शेर्पाले २६ स्कोर गरेपनि जितका लागि पर्याप्त भएन ।

सीसीआरसीले पहिलो क्वाटरमा १९–१७ को अग्रता लियो भने दोश्रो ९–९ को बराबरीमा सकियो । तेश्रो क्वाटर १७–१३ ले सीसीआरसीकै पक्षमा रह्यो । चौथो क्वाटरमा टाइम्स १८–१७ को झीनो अन्तरले अगाडि रह्यो । प्रतियोगितामा १६ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।