१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar २० वर्ष पुरानो धितोपत्र ऐन बदल्न लगानीकर्ताको माग, ‘कानुनी रिक्तताले कुशासन मौलायो’ News Polar दोस्रो बजारको गिरावटप्रति लगानीकर्ताको चिन्ता, नियामक निगरानी र नीतिगत सुधारमा जोड News Polar नेप्सेको संरचनागत सुधार अघि बढाउँदै सेबोन, रामेश्वर खनाल नेतृत्वको समितिको प्रतिवेदन कार्यान्वयन हुने News Polar निजामति सेवा विधेयकः कर्मचारीमा खैलाबैला, त्रासमा सरकार News Polar पुँजी बजार सुधारका लागि धितोपत्र बोर्डको तीन चरणको रणनीति News Polar धितोपत्र बजारमा लगानीकर्ताको सहभागिता बढ्दो, डिम्याट खाता ८० लाख नाघ्यो News Polar भोटेकोशी बाढी : ४३० मेगावाट विद्युत् अवरुद्ध भएपछि वैकल्पिक व्यवस्थापन गरिँदै News Polar काठमाडौं–१० प्रदेशसभा ‘ख’ सभापतिमा राजेन्द्र विक्रम बानियाँ विजयी News Polar राप्ती नदीमा पक्की तटबन्धले जोगियो तटीय बस्ती News Polar बाजुराका बाढीपहिरो प्रभावितलाई राहत सामग्री वितरण News Polar बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति News Polar वैदेशिक रोजगारीलाई जितेको गोलभेँडाखेती News Polar सुशासन, सुधार र नयाँ आशाका छ महिना News Polar गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर News Polar पहुँचयोग्य आँखा स्वास्थ्य सेवाका लागि सहकार्य आवश्यक News Polar नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ News Polar बेनीमा खानेपानीको समस्या News Polar एसियाली खेलकुदः गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा News Polar पुण्यतिथिमा खर्च होइन, बुबाको सम्झनामा सामाजिक सेवा News Polar ‘अव्यवस्थित बसोबासबाट जग्गाधनीसम्मः जुनेली बस्तीको ३६ वर्ष’

ललितपुरमा ६८.३३ प्रतिशत मत खस्यो

ललितपुरमा ६८.३३ प्रतिशत मत खस्यो
अ अ+ अ-

ललितपुर। आज सम्पन्न निर्वाचनमा ललितपुरमा ६८.३३ प्रतिशत मत खसेको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरले अद्यावधिक गरेको तथ्याङ्कअनुसार अनुसार जिल्लाको तीनवटै क्षेत्रमा रहेका दुई लाख ६९ हजर २५५ मतदातामध्ये एक लाख ८३ हजार ९९८ जना मतदाता सहभागी भई सफलतापूर्वक मतदान सम्पन्न भएको जिल्ला प्रहरी परिसरका सूचना अधिकारी प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।

कुल मतदाताका आधारमा यो तथ्याङ्क ६८.३३ प्रतिशत हुन आउँछ । कूल ७७ हजार ७३७ मतदाता रहेको ललितपुर क्षेत्र नं १ मा २६ हजार ८९१ पुरुष र २५ हजार ७४१ महिला गरी जम्मा ५२ हजार ६३२ मतदाताले मतदान गरेको तथ्याङ्क नेपाल प्रहरीले अद्यावधिक गरेको छ ।

त्यसैगरी, ८९ हजार ८२ मतदाता रहेको ललितपुर क्षेत्र नं २ मा ३१ हजार ३५ महिला र ३० हजार ९४० पुरुष गरी जम्मा ६१ हजार ९७५ जनाले मतदान गरेका छन् ।

त्यस्तै, एक लाख दुई हजार ४३६ मतदाता रहेको ललितपुर क्षेत्र नं ३ मा ३५ हजार ५५ महिला र ३४ हजार ३३६ पुरुष गरी जम्मा ६९ हजार ३९१ जनाले मतदान गरेका छन् ।

निर्वाचन आयोगले ललितपुरको तीनवटै निर्वाचन क्षेत्रका १३१ मतदान स्थलमा ३१८ वटा मतदान केन्द्रबाट मतदान गर्ने व्यवस्था मिलाएको थियो । रासस