४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि

न्यु डायमन्ड कप महिला भलिबल पुस २३ बाट

न्यु डायमन्ड कप महिला भलिबल पुस २३ बाट
अ+ अ-

न्यु डायमन्ड स्पोर्ट्स क्लबको आयोजनामा तेश्रो न्यु डायमन्ड कप राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिता पुस २३ गतेनदेखि हुने भएको छ । प्रतियोगितामा ६ देखि ८ टिमको सहभागिता रहने आइतबार आयोजित पत्रकार सम्मेलनमा आयोजक क्लबकी अध्यक्ष सुनकेशरी मालीले जानकारी गराइन् । प्रतियोगितालाई यसपटक पनि होङगान्जी बौद्ध समाजले मुख्य प्रायोजन गर्ने भएको छ । गत वर्ष पनि होङगान्जी नै प्रतियोगिताको मुख्य प्रायोजक थियो ।

गत वर्ष ५ लाख प्रायोजन गरेको होङगान्जीले तेश्रो संस्करणमा भने १० लाख बढाएर १५ लाख प्रायोजन गर्ने भएको छ । लिग कम नकआउट आधारमा हुने प्रतियोगिताको विजेताले ४ लाख १ सय १ रुपैयाँ, दोश्रोले ३ लाख १ सय १ रुपैयाँ, तेश्रोले १ लाख ५१ हजार १ सय १ रुपैयाँ तथा चौथोले ५१ हजार १ सय १ रुपैयाँ नगद पुरस्कार पाउने छन् । गत वर्षको तुलनामा नगद पुरस्कारमा पहिलो र दोश्रोमा १ लाख तथा तेश्रोमा ५० हजार रुपैयाँले बृद्धि गरिएको प्रतियोगिता संयोजक कुमार राईले जानकारी दिए ।

चौथो हुनेले गत वर्ष ५० हजार नगद पाएको थियो । त्यस्तै सर्वोत्कृष्ट खेलाडीलाई २१ हजार १ सय १ रुपैयाँ प्रदान गरिने छ । व्यक्तिगत विधाको उत्कृष्ट स्पाइकर, ब्लकर, क्विकर, सेटर, सर्भर, डिफेन्डर र प्रशिक्षकलाई जनही ७ हजार १ सय १ रुपैयाँ नगदबाट पुरस्कृत गरिने छ । आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब २६ लाख रुपैयाँ खर्च हुने छ । चारदिने प्रतियोगिताका खेलहरु नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको कोर्टमा हुने छ ।

पत्रकार सम्मेलनमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले खेलाडी उत्पादनमा न्यु डायमन्डको उल्लेखनिय योगदान रहेको बताउदै प्रतियोगिता आयोजना गरेर भलिबलको विकासमा पनि टेवा पुर्याइरहेको धारणा व्यक्त गरे ।

होङगान्जीका उपाध्यक्ष कुमार श्रेष्ठले न्यु डायमन्डको भलिबल प्रतिको लगाव देखेरै प्रतियोगितालाई सहयोग गरेको बताउदै आगामी दिनमा पनि सहकार्यले निरन्तरता पाउने प्रतिबद्धता जनाए । प्रतियोगिता संयोजक राईले विगतका संस्करण आयोजनामा केहि कठिनाइ भएपनि सबैको सहयोगले बल्ल आएर ढुक्कले प्रतियोगिता आयोजना गर्ने वातारण निर्माण भइरहेको बताए ।