१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिभरपुलको साँघुरो जित



अ+ अ-

इंन्ग्लिश प्रिमियर लिग फुटबलमा लिग लिडर लिभरपुलले साँघुरो जित निकालेको छ । आइतबार राति भएको खेलमा वुल्भ्सलाई १–० गोल अन्तरले लिभरपुलले पराजित गरेको हो । घरेलु मैदानमा साडियो मानेले लिभरपुललाई जित दिलाउन निर्णायक गोल गरेका थिए । उनले खेलको ४२ औं मिनेटमा निर्णायक गोल गरेका थिए ।

जितसँगै लिभरपुलले लिगमा अपराजित यात्रा कायम राखेको छ । यस्तै लिभरपुलले लिगमा शीर्ष स्थानको अग्रता १३ अंकको बनाएको छ ।

लिभरपुलले १९ खेलमा ५५ अंक जोडेको छ भने लिभरपुलले म्यानचेस्टर युनाइटेडसँग बराबरी खेल्दा अन्य सबै खेल जितेको छ ।