१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar २० वर्ष पुरानो धितोपत्र ऐन बदल्न लगानीकर्ताको माग, ‘कानुनी रिक्तताले कुशासन मौलायो’ News Polar दोस्रो बजारको गिरावटप्रति लगानीकर्ताको चिन्ता, नियामक निगरानी र नीतिगत सुधारमा जोड News Polar नेप्सेको संरचनागत सुधार अघि बढाउँदै सेबोन, रामेश्वर खनाल नेतृत्वको समितिको प्रतिवेदन कार्यान्वयन हुने News Polar निजामति सेवा विधेयकः कर्मचारीमा खैलाबैला, त्रासमा सरकार News Polar पुँजी बजार सुधारका लागि धितोपत्र बोर्डको तीन चरणको रणनीति News Polar धितोपत्र बजारमा लगानीकर्ताको सहभागिता बढ्दो, डिम्याट खाता ८० लाख नाघ्यो News Polar भोटेकोशी बाढी : ४३० मेगावाट विद्युत् अवरुद्ध भएपछि वैकल्पिक व्यवस्थापन गरिँदै News Polar काठमाडौं–१० प्रदेशसभा ‘ख’ सभापतिमा राजेन्द्र विक्रम बानियाँ विजयी News Polar राप्ती नदीमा पक्की तटबन्धले जोगियो तटीय बस्ती News Polar बाजुराका बाढीपहिरो प्रभावितलाई राहत सामग्री वितरण News Polar बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति News Polar वैदेशिक रोजगारीलाई जितेको गोलभेँडाखेती News Polar सुशासन, सुधार र नयाँ आशाका छ महिना News Polar गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर News Polar पहुँचयोग्य आँखा स्वास्थ्य सेवाका लागि सहकार्य आवश्यक News Polar नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ News Polar बेनीमा खानेपानीको समस्या News Polar एसियाली खेलकुदः गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा News Polar पुण्यतिथिमा खर्च होइन, बुबाको सम्झनामा सामाजिक सेवा News Polar ‘अव्यवस्थित बसोबासबाट जग्गाधनीसम्मः जुनेली बस्तीको ३६ वर्ष’

छिटपुट विवादबाहेक देशभर शान्तिपूर्ण मतदानः नेपाल प्रहरी

छिटपुट विवादबाहेक देशभर शान्तिपूर्ण मतदानः नेपाल प्रहरी
अ अ+ अ-

काठमाडौँ। नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले मुलुकभर शान्तिपूर्ण र उत्साहजनक ढंगले मतदान कार्य सम्पन्न भएको बताउनुभएको छ ।

बिहीवार सञ्चारकर्मीसँग कुरा गर्दै आईजीपी कार्कीले सुरक्षा निकायहरुबीचको आपसी समन्वय र एकीकृत सुरक्षा योजनाको प्रभावकारी कार्यान्वयन शान्तीपूर्ण ढंगले निर्वाचन सम्पन्न भएको बताउनुभएको हो ।

उहाँकाअनुसार छिटपुट विवादहरु बहेक मुलुकभर शान्तीपूर्ण ढंगले निर्वाचन सम्पन्न भएको छ । दोलखाको केही निर्वाचन क्षेत्रमा देखिएको विवाद साम्य पार्न दलहरु र निर्वाचन अधिकृतहरुबीच छलफल भइरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘यो मतदान हुने दिनसम्म आइपुग्नको लागि हामीले नेपालभरका सबै ठाउँमा सुरक्षाको पूर्वतयारी स्परुप सबै सुरक्षा निकायहरुका बीचमा एकीकृत सुरक्षा योजना बनाएर एकीकृत भएका थियौँ । यो आजको दिन आइपुग्नको लागि आजभन्दा अगाडि अपनाइएका रणनीतिहरुले काम गरेका छन् ।

आज देशभरका सबै मतदान केन्द्रहरुमा शान्तीपूर्ण ढंगले निर्वाचन सम्पन्न भएको छ । दोलखामा भने केही विवाद भएको कारण त्यसको टुंगो लागिसकेको छैन । सबै राजनीतिक दलका बीचमा छलफल पनि चलिराखेको छ । त्योभन्दा बाहेकका सबै मतदानस्थलहरुमा सामान्य दलीय प्रकृतिका केही विवादहरु भएतापनि त्यहाँस्थित दलका प्रतिनिधि र निर्वाचन अधिकृतले नै समस्या हल हुने गरेर अगाडि जानुभएको छ । समग्रमा देशभरको निर्वाचन शान्तीपूर्ण र उत्साहजनक ढंगले सम्पन्न भएको छ ।’

आईजीपी कार्कीले जेन–जी आन्दोलनपछि प्रहरीको मनोबल केही खस्किएको भएपनि सिमित स्रोत–साधनका बाबजुद पनि मुलुकको सुरक्षामा नेपाली सुरक्षा निकायले समर्पित भावनाका साथ काम गरेको उल्लेख गर्नुभयो ।

उहाँले नेपालको सुरक्षा संयन्त्रले भवन, स्रोत–साधन र कानूनी व्यवस्थाभन्दा पनि कर्तव्यबोध र समर्पणलाई केन्द्रमा राखेर काम गर्दै आएको सुनाउनु भयो । सुरक्षाकर्मीहरूले मुलुकलाई सर्वोपरि मान्दै व्यक्तिगत सुविधा र इन्द्रियसुख त्यागेर कर्तव्य निर्वाह गरेकै कारण घोषित मितिमै शान्तीपूर्ण ढंगले निर्वाचन सम्भव भएको समेत बताउनु भयो । उहाँले कठिन परिस्थितिमा भत्किएका संरचना र जलेका सवारीसाधनबीच समेत सुरक्षाकर्मीहरूले पर्याप्त स्रोत–साधन र उपकरण बिना नै सडकमा खटिएर जिम्मेवारी पूरा गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपालको सुरक्षा निकायहरु भ्वनले भन्दा भावनाले, कानूनले भन्दा कामनाले र साधन स्रोतले भन्दा पनि साधनाले काम गर्दै आएका छन् । हामीले मुलुकलाई शीरमा राखेर आफ्ना इन्द्रीय सुखहरुलाई पनि परित्याग गर्दै कर्मचारीको मनोबल बढाउने कुरामा काम गर्ने हो । ती भत्केका संरचनाहरु, जलेका सवारी साधनहरुका बीचबाट पनि हाम्रा सुरक्षाकर्मीसँग युनिफर्म र स्रोत साधन नहुँदा पनि खाली खुट्टा सडकमा उठेर काम गरेकै हुन् ।

त्यो नेपाली जनताप्रति उनीहरुको समर्पणभाव हो । सधैंभरी त्यस्तै अवस्थाले काम गर्दैन । यसबीचमा कर्पोरेट क्षेत्रको सहयोग लिने, सरकारकी सहयोग प्राप्त गर्नेदेखि सुरक्षाकर्मीको मनोवल बढाउन नागरिकस्तरबाट पनि सहयोग भएको हो । त्यसले थप काम गर्नको लागि उत्प्रेरित पनि गरेको छ ।

त्यो अवस्थाबाट यो अवस्थामा आउनको लागि सुरक्षा निकायका बीचमा समर्पणभाव र न्युन स्रोत र साधनका बीच पनि मुलुकको अवस्था हेरीकन पनि परिणाममुखी काम गर्नुपर्छ भन्ने सोच नेतृत्वले राखेको छ ।’

उहाँले मतपेटिका संकलनदेखि मतगणना कार्य सम्पन्न नहुँदासम्म सबै सुरक्षा निकायका लागि जिम्मेवारी तोकिएको भन्दै योजनाअनुसार अघि बढ्ने बताउनु भयो । –न्युज एजेन्सी नेपाल