९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

निर्वाचनले नेपालको सुरक्षा निकाय कुनैपनि चुनौती समाधान गर्न सक्षम रहेको प्रमाणित गर्‍योः आईजीपी अर्याल

निर्वाचनले नेपालको सुरक्षा निकाय कुनैपनि चुनौती समाधान गर्न सक्षम रहेको प्रमाणित गर्‍योः आईजीपी अर्याल
अ अ+ अ-

काठमाडौँ। सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) राजु अर्यालले प्रतिनिधि सभा सदस्य निर्वाचन सुरक्षा व्यवस्थापनका हिसावले सफलताउन्मुख रहेको बताउनुभएको छ ।

बिहीवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै आईजीपी अर्यालले सबै सुरक्षा निकाय, गृह मन्त्रालय र सरकारको दृढ अठोटका कारण सुरक्षा व्यवस्थापन प्रभावकारी भएको बताउनुभएको हो ।

उहाँले निर्वाचनको सुरक्षालाई लिएर गृहमन्त्रीदेखि सिपाही तहसम्मका सुरक्षाकर्मीले जिम्मेवारीपूर्वक काम गरेको उल्लेख गर्दै निर्वाचनले देशको भविष्य र राष्ट्रको सुरक्षासँग प्रत्यक्ष सम्बन्ध राख्ने भएकाले सबै निकायले समन्वय गरेर काम बताउनु भयो ।

उहाँले जेनजी आन्दोलनदेखि मतदानको दिनसम्म आइपुग्दा विभिन्न चुनौती र विषम परिस्थितिको सामना गर्नुपरे पनि सुरक्षा निकायले ती समस्याको विश्लेषण गर्दै एकीकृत सुरक्षा योजनाअनुसार काम गरेको बताउनु भयो । उहाँले सुरक्षा निकायहरू जस्तोसुकै चुनौती समाधान गर्न सक्षम रहेको प्रमाणित गर्न यो निर्वाचन सुरक्षाको काम सफल भएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘आज जुन आम निर्वाचन सम्पन्न भयो । यस निर्वाचनमा सबै सुरक्षा निकाय, गृह मन्त्रालय लगायत नेपाल सरकारले निर्वाचन गर्नुपर्छ भन्ने जुन खालको अठोट लिएर यो काम शुरु भएको थियो त्यसमा सुरक्षाको हिसावले निर्वाचनमा तलमाथि नपरोस् भन्ने कुरामा गृहमन्त्रीज्युदेखि लिएर सुरक्षाकर्मीको सिपाही तहसम्म सुरक्षा सफल पार्नुपर्छ भन्ने थियो ।

किनभने यो निर्वाचनले नै देशको भविष्य निर्धारण गर्ने र राष्ट्रको सुरक्षालाई समेत बचाउने मुख्य कारक भएको कारणले गर्दाखेरी यो निर्वाचन सम्पन्न गराउनमा सबै दर्जाको सुरक्षाकर्मीको योगदान भएको कारणले निर्वाचन सफलतातर्फ उन्मुख भइरहेको जस्तो लाग्छ ।

यो बीचमा हामीले निकै धेरै चुनौतीको सामना गर्नुप¥यो । राज्यको एकदमै विषम परिस्थिति पनि थियो । त्यो समयमा हामीले देखापरेका चुनौतीहरुलाई हामीले राम्रोसँग केलायौँ । जब हामीले समस्याको परिचालन गर्नसक्थ्यौँ । तब मात्रै समाधानको उपायहरु निस्किन्छ । त्यो सबै समस्याको समाधान भयो र वेस्ट केस प्लानिङ हामीले ग¥यौँ ।

सोही प्लानअनुसार नै हाम्रो समग्र संयन्त्र अगाडि बढेर गयो । कसैले पनि समयमा निर्वाचन हुँदैन भन्थे । हामीले सबै पक्षलाई बुझाउने कोशिस ग¥यौँ । र आज हामी नेपालका सुरक्षा निकायहरु जस्तोसुकै समस्या समाधान गर्न पनि सक्षम छ भन्ने कुरा प्रमाणित गर्नको लागि गरेको काम सफल भयो जस्तो लाग्छ मलाई ।’

उहाँले मतदानस्थलबाट मतपेटिका संकलनदेखि मतपरिणामा नआउन्जेलसम्म एकीकृत सुरक्षा योजनाअनुसार नै अगाडि बढ्ने बताउनु भयो । –न्युज एजेन्सी नेपाल