२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

हुम्लाको नाम्खा गाउँपालिकाको मतपेटिका ढुवानी हुँदै



अ+ अ-

हुम्ला। हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीलगायत उच्च पहाडी मतदान केन्द्रको मतपेटिका ढुवानी नेपाली सेनाको हेलिकप्टर मार्फत हुँदैछ ।

यसका लागि हेलिकप्टर लिमीको तील, जाङ, हल्जी सोही गाउँपालिका–४ को चालाको मतपेटिका ढुवानीका लागि हेलिकप्टर हुम्ला पुगेको मुख्य निर्वाचन अधिकृत नीलकण्ठ बरालले बताउनुभयो ।

आज उत्तरी लिमीको सुनखानी मावि मतदान केन्द्र हल्जी मतदान केन्द्रको मात्रै मतपेटिका ढुवानी हुने भएको छ भने बाँकी मतदान केन्द्रका मतपेटिका शुक्रबार ढुवानी हुने भएको उहाँले बताउनुभयो ।

हल्जीको सुनखानी मतदान केन्द्रमा १६४ मत खसेको छ । बाँकी रहेका तील, जाङ र चालाका मतपेटिका शुक्रबार मात्रै ढुवानी हुने भएको छ । रासस