२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar कांग्रेसको बन्द सत्रको छलफल भोलि बिहान पुनः बस्ने, सभापति थापाले सम्बोधन गर्ने News Polar रसुवा भोटेकोशी बाढीपछि नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण News Polar कांग्रेसको समावेशी उपसभापतिमा जीवन परियारको उम्मेदवारी News Polar महामन्त्रीमा गुरुराज घिमिरेको उम्मेदवारी News Polar कांग्रेस केन्द्रीय सदस्यमा बासना थापाको उम्मेदवारी News Polar कांग्रेस उपसभापतिमा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको उम्मेदवारी News Polar एमालेले स्वीकार्‍यो निर्वाचन हारको समीक्षा, रूपान्तरण र पुनर्जागरणलाई प्राथमिकता News Polar एनआरएनए पोर्चुगलद्वारा गंगा नेम्कुल र सुरज राई मनोनीत News Polar महामन्त्रीमा प्रदीप पौडेलको उम्मेदवारी News Polar कांग्रेस सहमहामन्त्रीमा मनोजमणि आचार्यको उम्मेदवारी News Polar पठन संस्कृतिको विकास गर्न ‘महानगर पुस्तकालय’को अवधारणा News Polar दसैँका लागि असोज २३ देखि टिकट बुकिङ खुला News Polar कांग्रेस महाधिवेशन : उम्मेदवारी दर्ताको समय साँझ ६ बजेसम्म थपियो News Polar तीन वर्षदेखि नै महामन्त्रीमा उम्मेदवारी दिने तयारी थियो : नैनसिंह महर News Polar वनमन्त्री चौधरी र विश्व वन्यजन्त कोषका प्रतिनिधिबीच छलफल News Polar जलवायु जोखिम न्यूनीकरणका लागि पूर्वाधारसम्बन्धी नीति परिवर्तन गरिँदै : मन्त्री लम्साल News Polar सहमहामन्त्रीमा देवेन्द्रराज कँडेलको उम्मेदवारी दर्ता News Polar अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०२६ को प्लेटिनम प्रायोजक बन्यो जी–सेभेन एग्रिकल्चर News Polar महामन्त्रीमा डा. सुनीलकुमार शर्माको उम्मेदवारी News Polar विपद्मा बेपत्ता व्यक्तिको मृत्यु घोषणा र दर्तासम्बन्धी कानून संशोधनको तयारी

प्रतिनिधि सभा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न, करिव ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान

प्रतिनिधि सभा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न, करिव ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान
अ अ+ अ-

काठमाडौँ। निर्वाचन आयोगले आज सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरेको छ।

निर्वाचनपछि आयोगमा आयोजित पत्रकार सम्मेलनमा कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले अहिलेसम्म प्राप्त विवरणअनुसार करिब ६० प्रतिशत मतदान भएको जानकारी दिए।

उनले विस्तृत विवरण सङ्कलन जारी रहेको उल्लेख गर्दै छिटपुट घटनाबाहेक देशभर मतदान शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षक संस्थाहरूको प्रारम्भिक प्रतिवेदनले देखाएको बताए।

दुर्गम १५ जिल्लाका मतपेटिका नेपाली सेनाको हेलिकोप्टरमार्फत सङ्कलन गरिने र त्यसपछि मतगणना तुरुन्त सुरु गरिने कार्यबाहक प्रमुख भण्डारीले जानकारी दिए। उनका अनुसार ताप्लेजुङ, रसुवा, दोलखा र रुकुमपूर्वका मतपेटिका आजै सङ्कलन गरिनेछ भने सङ्खुवासभा, सोलुखुम्बु, मनाङ, हुम्ला, रुकुमपश्चिम र बाजुराका मतपेटिका शुक्रबारसम्म हेलिकोप्टरमार्फत ल्याइनेछ।

आयोगले मतदाताले प्रतिनिधि छान्ने र शासन सञ्चालन प्रक्रियामा सहभागी भएर सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरेको छ। कतिपय स्थानमा मतदाताले मतदानमा सहभागी नभएको बारेमा कार्यबाहक प्रमुख भण्डारीले सरकार वा जनप्रतिनिधिले गरेका प्रतिबद्धता पूरा नहुँदा मत नदिएको हुनसक्ने भए पनि ती मतदाताले संविधान, प्रणाली वा आयोगप्रति असन्तुष्ट नभएको स्पष्ट पारे ।