१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar २० वर्ष पुरानो धितोपत्र ऐन बदल्न लगानीकर्ताको माग, ‘कानुनी रिक्तताले कुशासन मौलायो’ News Polar दोस्रो बजारको गिरावटप्रति लगानीकर्ताको चिन्ता, नियामक निगरानी र नीतिगत सुधारमा जोड News Polar नेप्सेको संरचनागत सुधार अघि बढाउँदै सेबोन, रामेश्वर खनाल नेतृत्वको समितिको प्रतिवेदन कार्यान्वयन हुने News Polar निजामति सेवा विधेयकः कर्मचारीमा खैलाबैला, त्रासमा सरकार News Polar पुँजी बजार सुधारका लागि धितोपत्र बोर्डको तीन चरणको रणनीति News Polar धितोपत्र बजारमा लगानीकर्ताको सहभागिता बढ्दो, डिम्याट खाता ८० लाख नाघ्यो News Polar भोटेकोशी बाढी : ४३० मेगावाट विद्युत् अवरुद्ध भएपछि वैकल्पिक व्यवस्थापन गरिँदै News Polar काठमाडौं–१० प्रदेशसभा ‘ख’ सभापतिमा राजेन्द्र विक्रम बानियाँ विजयी News Polar राप्ती नदीमा पक्की तटबन्धले जोगियो तटीय बस्ती News Polar बाजुराका बाढीपहिरो प्रभावितलाई राहत सामग्री वितरण News Polar बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति News Polar वैदेशिक रोजगारीलाई जितेको गोलभेँडाखेती News Polar सुशासन, सुधार र नयाँ आशाका छ महिना News Polar गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर News Polar पहुँचयोग्य आँखा स्वास्थ्य सेवाका लागि सहकार्य आवश्यक News Polar नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ News Polar बेनीमा खानेपानीको समस्या News Polar एसियाली खेलकुदः गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा News Polar पुण्यतिथिमा खर्च होइन, बुबाको सम्झनामा सामाजिक सेवा News Polar ‘अव्यवस्थित बसोबासबाट जग्गाधनीसम्मः जुनेली बस्तीको ३६ वर्ष’

इजरायलले लेबनानामा गरेको आक्रमणमा आठ जनाको मृत्यु: मिडिया

इजरायलले लेबनानामा गरेको आक्रमणमा आठ जनाको मृत्यु:  मिडिया
अ अ+ अ-

बेरुत। इजरायलले दक्षिणी लेबनानको हेजबुल्लाह गढका क्षेत्रहरूमा निकासी आह्वान जारी गर्दै गरेको आक्रमणमा आठ जनाको मृत्यु भएको जनाइएको छ ।

इजरायल माथि आक्रमण गर्दा लेबनानलाई क्षेत्रीय युद्धमा तानेको र इरान समर्थित लडाकु समूहले गालील क्षेत्रका स्थानहरूमा क्षेप्यास्त्र प्रहार गरेको बताएको छ ।

राष्ट्रिय समाचार एजेन्सी (एनएनए) ले दक्षिण लेबनानको नबातीह क्षेत्रका गाउँका मेयर र उहाँकी श्रीमतीको आक्रमणमा मृत्यु भएको जनाएको छ ।

लेबनानको स्वास्थ्य मन्त्रालयले देशको पूर्वमा रहेको जाहले सहर नजिकै कारमा भएको आक्रमणमा दुई जनाको मृत्यु भएको बताएको छ ।

राजधानीको दक्षिणी उपनगर स्थित हेजबुल्लाहको मुख्य गढमा बिहीबार थप आक्रमणहरू भएको जनाइएको छ भने एनएनएले एएफपीटीभी फुटेजमा त्यस क्षेत्रबाट धुवाँ आउँदै गरेको देखाइएको छ ।

लेबनानको उत्तरमा त्रिपोली नजिकै भएको इजरायली ड्रोन आक्रमणमा हामासका वरिष्ठ अधिकारी वासिम अतल्लाह अल–अली र उहाँकी पत्नीको मृत्यु भएको जनाइएको छ ।

इजरायलले बिहीबार पनि, दक्षिणी लेबनानका विभिन्न क्षेत्रका बासिन्दाहरूलाई सैन्य कारबाहीका कारण खाली गर्न चेतावनी दिएको छ ।

मङ्गलबार, इजरायली सेनाले इजरायली बासिन्दाहरूको सुरक्षाका लागि लेबनान भित्र बफर जोन सिर्जना गरिरहेको बताएको थियो ।(रासस/एएफपी)