२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar ऊर्जा क्षेत्रका समस्या समाधान गर्न निजी क्षेत्रसहित उच्चस्तरीय समिति गठन News Polar पूर्वराष्ट्रपति भण्डारीद्वारा वामपन्थी नेता घनेन्द्र बस्नेतको परिवारप्रति समवेदना News Polar नेप्से परिसूचक ११ दशमलव ९६ अङ्कले बढ्यो News Polar ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी News Polar चिरिबाबु महर्जनद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी News Polar महिलाको अर्थपूर्ण सहभागिताका लागि महामन्त्रीमा उम्मेदवारी दिएको हुँ : महालक्ष्मी उपाध्याय ‘डिना’ News Polar दुर्गा प्रसाईंलाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश News Polar वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको मनोनयन News Polar कांग्रेस उपसभापतिमा गोविन्द भट्टराईको उम्मेदवारी News Polar कांग्रेस प्रवक्ता देवराज चालिसेले दिए उपसभापतिमा उम्मेदवारी News Polar ह्वीलिङ चार्ज निर्धारणसँगै विद्युत् क्षेत्रमा निजी लगानी र व्यापारको नयाँ बाटो News Polar खुला सहमहामन्त्रीमा अजबाबु शिवाकोटीको उम्मेदवारी News Polar कांग्रेस सहमहामन्त्रीमा रमेशप्रसाद धमलाको उम्मेदवारी News Polar कांग्रेसको बन्द सत्रको छलफल भोलि बिहान पुनः बस्ने, सभापति थापाले सम्बोधन गर्ने News Polar रसुवा भोटेकोशी बाढीपछि नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण News Polar कांग्रेसको समावेशी उपसभापतिमा जीवन परियारको उम्मेदवारी News Polar महामन्त्रीमा गुरुराज घिमिरेको उम्मेदवारी News Polar कांग्रेस केन्द्रीय सदस्यमा बासना थापाको उम्मेदवारी News Polar कांग्रेस उपसभापतिमा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको उम्मेदवारी News Polar एमालेले स्वीकार्‍यो निर्वाचन हारको समीक्षा, रूपान्तरण र पुनर्जागरणलाई प्राथमिकता

अस्पतालमा ‘द्रुत प्रतिकार्य टोली’ गठन

अस्पतालमा ‘द्रुत प्रतिकार्य टोली’ गठन
अ अ+ अ-

काठमाडौँ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही फागुन २१ गते हुने निर्वाचनको लागि स्वास्थ्य सेवा समन्वय गर्नका लागि सङ्घ र प्रदेशमा समन्वयकर्ता तोकेको छ ।

मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले निर्वाचनमा सम्भावित घटनाका लागि आवश्यक स्वास्थ्य सेवा समन्वय गर्नका सङ्घका छ जना सङघमा र सातवटै प्रदेशमा सात जना समन्वयकर्ता तोकिएको बताए। उनका अनुसार निर्वाचनमा सम्भावित घटनाका लागि आवश्यक स्वास्थ्य सेवा समन्वय गर्नका लागि स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रका छ जना र प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रका सात जना तोकिएको छ ।

सङ्घमा बन्दना भट्ट, डा नवराज जोशी, नरमाया रिजाल, विमला महर्जन, गोपाल पाण्डे र श्रीया सुवेदी रहेका छन् । यस्तै कोशी प्रदेशमा डा सभ्यता सुवेदी, मधेसमा फुलेन्द्र यादव, बागमतीमा दिनेश रुपाखेती, गण्डकीमा बुद्धिसागर अधिकारी, लुम्बिनीमा नोधनारायण चौधरी, कर्णालीमा श्यामलाल आचार्य र सुदूरपश्चिम प्रदेशमा हेमराज जोशी रहेका छन् ।

“समन्वयकर्ताले निर्वाचनको दिन सम्भावित घटनाका घाइतेलाई अस्पतालसम्म पुर्याउने र उपचारसम्मको व्यवस्थाका लागि समन्वय गर्ने छन्”, मन्त्रालयका प्रवक्ता डा बुढाथोकीले भने। मन्त्रालयले यसअघि नै सबै अस्पतालमा ‘द्रुत प्रतिकार्य टोली’ गठन गर्न निर्देशनसमेत दिइसकेको छ ।